Play

राष्ट्रिय प्रजातान्त्रिक महिला संघको बैठकमा कुटाकुट

गुरुकुल खबर


काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संघको बैठकमा कुटाकुट भएको छ ।

आइतबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा महिला संघको बैठकमा कुटाकुट भएको हो ।

राप्रपा महिला संघको अध्यक्षमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिन अगाडि मात्रै अञ्जना शाह रावललाई नियुक्त गरेका थिए । शाह अध्यक्षमा नियुक्त भएपछि आईतबार बसेको पहिलो बैठकमा असन्तुष्ट पक्ष कुमारी तामाङलगायतको समुहले विरोध गरेका हुन् ।

उनीहरुले पार्टी बाहिरको मान्छेलाई ल्याएर अध्यक्ष बनाएको भन्दै विरोध जनाएका थिए ।

बैठकमा विवाद भएपछि दुवै पक्षबीच भनाभन भएको थियो । त्यसपछि हानाहान भएको हो । हानाहानको क्रममा राप्रपाका​ महामन्त्रीद्वय कुन्ती शाही र राजेन्द्र गुरुङ लगायतका घाइते भएका छन् । ​घाइते केहीको चावहिलस्थित हेल्पिङ हेन्स हस्पिटलमा उपचार भइरहेको राप्रपाका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

बैठकमा कुर्सी प्रहार गरिएको छ भने टेबुल तोडफोड गरिएको छ ।

बैठकमा दुई पक्षबीच झडप भएपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन त्यहाँ पुगेका थिए । पछिल्लो समय राप्रपामा विवाद देखिँदै गएको छ ।

२६ असार २०७९, आईतवार १९:३९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा