काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सोमबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले इन्धनको मूल्य बढाएको हो ।
भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेकाले नेपालमा पनि मूल्य बढाउनुपरेको निगमले जनाएको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल/मट्टीतेलमा प्रतिलिटर ९/९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ बढाएको छ ।
नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोल १८१ रुपैयाँ, डिजेल र मट्टीतेल १७२ रुपैयाँ र हवाई इन्धन (आन्तरिक) १९० रुपैयाँ पर्ने छ ।
२० असार २०७९, सोमबार २१:२४ मा प्रकाशित