Play

पेट्रोलियम पदार्थको मूल्यमा फेरी वृद्धि

गुरुकुल खबर


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सोमबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले इन्धनको मूल्य बढाएको हो ।

भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेकाले नेपालमा पनि मूल्य बढाउनुपरेको निगमले जनाएको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल/मट्टीतेलमा प्रतिलिटर ९/९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ बढाएको छ ।

नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोल १८१ रुपैयाँ, डिजेल र मट्टीतेल १७२ रुपैयाँ र हवाई इन्धन (आन्तरिक) १९० रुपैयाँ पर्ने छ ।

२० असार २०७९, सोमबार २१:२४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा