Play

सूचना, प्रविधि र चलचित्र पत्रकारिता विषयक कार्यशाला सम्पन्न

गुरुकुल खबर


पोखरा , चलचित्र पत्रकार संघ कास्की शाखाको आयोजनामा मंगलवारदेखि शुरु भएको सूचना, प्रविधि र चलचित्र पत्रकारिता विषयक कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा पोखराको चलचित्र पत्रकारितामा सक्रिय ४० जना पत्रकारको सहभागिता रहेको संघका अध्यक्ष अरुण गिरीले जानकारी दिए ।

कार्यशालामा प्रशिक्षक एवम् चलचित्र निर्देशक तथा लेखक मनोज पण्डितले कथा लेखन र कथाबाचन, कथाको निर्माण लगायतका विषयमा प्रशिक्षण दिएका थिए । दुई दिने कार्याशालामा सहभागीले कथा लेख्न र प्रविधिको प्रयोगबाट प्रभावकारिता बढाउन सिक्ने अवसर प्राप्त गर्ने बताए। कार्यशालमा पोखराका क्रियाशिल पत्रकारहरु सुरेश रानाभाटले चलचित्र पत्रकारितामा भाषाको प्रयोग, केशवशरण लामिछानेले चलचित्रमा फिचर लेखन, वाशुदेव मिश्रले सिनेमा समाज र पत्रकारिता संगै चलचित्रका विभिन्न आयामहरुका बारेमा प्रशिक्षण दिएका थिए ।

कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेशको सहयोगमा आयोजना गरिएको कार्यशालामा चलचित्र पत्रकार संघ कास्कीका सचिव प्रभु अधिकारीले संघले गरेको बिबिध सामाजिक तथा पत्रकारिता कार्यक्रम गरेको स्मरण गरे। उनले भोलीका दिनमा पनि सकारात्मक र रचनात्मक खालका कार्यक्रम संघले आयोजना गर्ने उद्घोष गरे।

कार्यशाला समापनका अवसरमा अध्यक्ष गिरीले संघले आउँदा दिनहरुमा पनि परिवर्तित परिस्तिथि अनुरुपका तालिमहरु सञ्चालन गर्ने बताए । उनले पत्रकारलाई परिवर्तित अवस्थाको बारेमा निरन्तर क्षमता अभिबृद्धि गराउनुपर्ने बताएका थिए। समापन कार्यक्रममा प्रशिक्षितलाई संघका अध्यक्ष अरुण गिरी, प्रशिक्षक मनोज पण्डित, केशव शरण लामिछाने, संघका निर्बतमान अध्यक्ष रेम विक र संघका संस्थापक अध्यक्ष श्रिराम सिग्देलले प्रमाणपत्र वितरण गरेका थिए।

१५ असार २०७९, बुधबार २०:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा