Play

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं – मन्त्री थापा

गुरुकुल खबर


पोखरा , गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले गण्डकी प्रदेश सरकार चलचित्र विकास बोर्डको गठनको तयारीमा रहेको बताउनुभएको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको दुई दिवशीय सूचना, प्रविधि र चलचित्र पत्रकारिता सम्बन्धि कार्यशालाको उद्दघाटन गर्दै मन्त्री थापाले यस्तो बताउनुभएको हो ।

‘प्रदेश सरकार चलचित्र विकास बोर्डको गठनको तयारीमा छ । आगामी आर्थिक वर्षका लागि बजेट समेत विनियोजन गरिएको छ। चलचित्र विकास बोर्डको गठनका लागि आवश्यक ऐन निर्माण गर्ने गरी अगाडि बढीनेछ ।’,उहाँले भन्नुभयो । मन्त्री थापाले पोखरामा चलचित्र क्षेत्रको उन्नयनका लागि चलचित्र पत्रकार संघ कास्कीले उल्लेखनीय काम गरेको बताउनुभयो ।

पोखरा चलचित्र नगरी भएकाले यसको संरक्षण र सम्बद्र्धनमा सबैले ध्यान पुर्याउनुपर्ने आवश्यकतालाई उहाँले औंल्याउनुभएको छ।

चलचित्र क्षेत्र समाजको ऐना भएको उल्लेख गर्दै उहाँले चलचित्रका माध्यम पोखरा सँगै गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । मन्त्री थापाले सिक्ने क्रम कहिल्यै नसकिने भएकाले सिकाईले नै मान्छेलाई सबल र सक्षम बनाउँदै लैजाने बताउनुभयो ।

प्रशिक्षक एवम् चलचित्र निर्देशक तथा लेखक मनोज पण्डितले दुई दिने कार्याशालामा सहभागीले कथा लेख्न र प्रविधिको प्रयोगबाट प्रभावकारिता बढाउन सिक्ने अवसर प्राप्त गर्ने बताउनुभयो ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष अरुण गिरीले पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगले सहजता सँगै समस्या पनि सिर्जना गरेका कारण चलचित्र पत्रकारहरुले यस्ता कार्याशालाबाट प्रविधिको सही प्रयोग गर्न सिक्ने र चलचित्र पत्रकारिता क्षेत्र मर्यादित र व्यवसायिक बन्न टेवा पुग्ने विश्वास लिएको बताउनुभयो ।

कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा आयोजना गरिएको कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल समेत बोल्नुभएको थियो ।

१५ असार २०७९, बुधबार ११:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा