Play

जनता समाजवादीको निर्वाचनको समीक्षा बैठकमा नेताहरुबीच नै कुटाकुट

गुरुकुल खबर


जनकपुरधाम । धनुषा जिल्ला स्थित एक होटेलमा भइरहेको जनता समाजवादी पार्टीको निर्वाचनको समीक्षा बैठकमा नेताहरुबीच नै कुटाकुट भएको छ । पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव सहभागी कार्यक्रममै अन्तर्घातका कारण विभिन्न पालिकामा हारिएको भन्दै नेताहरुले कुटाकुट गरेका हुन् । नामै किटेर आरोप प्रत्यारोप चल्न थालेपछि त्यहाँ कुटाकुट भएको हो ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका स्थित होटेल बाबाको ढाबामा सो कुटाकुट भएको छ । सबैला नगरपालिकाका जसपा अध्यक्ष वैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादवलगायतको समूहले अन्तर्घात गरेको आरोप लगाएका थिए । उनी सिटमा मात्र के बसेका थिए, यादवका समर्थकले उनीमाथि कुटपिट गरेका हुन् ।

कुटाकुट गर्नेलाई केही बेरमा नै बाहिर निकालिएको र कोही पनि गम्भीर घाइते नभएको पार्टीका एकजा जिल्ला स्तरीय नेताले बताएका छन् ।

कुटाकुटमा सिकिन्दर सिंह यादव, जितेन्द्र मुखिया र अवधकिशोर रविदासलाई चोट लागेको छ । तर कार्यक्रमस्थलमा हातहतियार नभएकाले ठूलो चोट लाग्न नपाएको बताइएको छ ।

२५ जेष्ठ २०७९, बुधबार १५:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा