Play

सम्पर्कविहीन तारा एयरको आइतबारको खोज स्थगित

गुरुकुल खबर


पोखरा । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान खोज्न परिचालित हेलिकप्टर पोखरा र जोमसोम फर्किएको छ । खराब मौसमका कारण खोज तथा उद्धारमा परिचालित हुन नसकेपछि हेलिकोप्टर फर्किएको हो ।

थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनकाअनुसार मुस्ताङको कोवाङ आसपासबाट खोजीका लागि उडान भर्न पटक-पटक प्रयास गरिएपनि बाक्लो हुस्सुका कारण खोजी कार्य सम्भव नभएपछि खोजी तथा उद्धारका लागि गएका दुई हेलिकोप्टर पोखरा र नेपाली सेनाको हेलिकप्टर जोमसोम गएको छ ।

हिराचनकाअनुसार अब आइतबारका लागि हेलिकोप्टरबाट खोजी कार्य स्थगित गरिएको छ ।

न्याउरीकोटको लेकभन्दा तलको खोँचमा दुर्घटनाको आशंका

थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनकाअनुसार विमानका चालकले प्रयोग गरेको मोबाइलको नेटवर्क न्याउरीकोटभन्दा माथि रहेको लेक आसपासमा देखिएको छ ।

उक्त क्षेत्रमै मोबाइलको नेटवर्क देखाएको कारण विमान न्याउरीकोटको लेकभन्दा तल पर्ने मानापाथी हिमालको फेदमा रहेको खोँचमा दुर्घटनामा परेको आशंका गरिएको छ । तर उक्त क्षेत्रमा पुग्न कठिन भएको कारण त्यहाँ आज पुग्न असम्भवजस्तै रहेको हिराचनले बताए ।

यता नेपाली सेनाले पनि खराब मौसमका कारण आइतबार उद्धारको काम गर्न नसकिएपछि आफ्नो एम आई १७ हेलिकोप्टरलाई जोमसोममा लगेको बताएको छ ।

हेलिकोप्टरको माध्यमबाट आइतबारको खोज तथा उद्धार स्थगित गरिएको बताउँदै मौसम खुलेपछि सोमबार बिहानैबाट खोज तथा उद्धारमा लाग्ने सेनाले जनाएको छ ।

१५ जेष्ठ २०७९, आईतवार १८:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा