Play

पोखरा वडा नं १५ को अध्यक्षमा एमालेका तोरणबहादुर बाँनिया विजयी

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिका वडा नं १५ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार तोरणबहादुर बाँनिया विजयी भएका छन् ।

नेपाली काग्रेसका मिनबहादुर गिरीलाई ६ सय ३६ मतान्तरले पराजित गर्दै बाँनियन बिजयी भएका हुन् । विजयी बाँनियाले २ हजार ३ सय ३८ मत प्राप्त गरे भने पराजित गिरीले १ हजार ७ सय २ मत प्राप्त गरे ।

महिला सदस्यमा सेतीमाया गुरुङ २ हजार ३ सय, दलित महिला सदस्यमा मन्दिरा परियार २ हजार २ सय ९१, खुल्ला सदस्यमा आशिष भण्डारी २ हजार ३ सय ७९ र बलराम पौडेल २ हजार १ सय ८० मत ल्याएर बिजयी भए ।

उनीहरु सबै नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका हुन् ।

वडा नं –१५ बाटै मेयरतर्फ कृष्ण थापाले १९७४ र गठबन्धनका धनराज आचार्यले १५८१ मत पाए । राप्रपाले  ४८९ र स्वतन्त्र लौरोले १३८ मत प्राप्त गर्यो ।

यस्तै, उपमेयरतर्फ एमालेकी मन्जु देवि गुरुङले २२३३ मत पाइन् भने, नेपाली काँग्रेसकी कोपिला रानाभाटले १५४४ मत प्राप्त गरिन्।

८ जेष्ठ २०७९, आईतवार १४:२६ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा