Play

स्थानीय तह निर्वाचन : आज मतदान

गुरुकुल खबर


पोखरा । स्थानीय तह निर्वाचन आज मतदान हुँदैछ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । निर्वाचनमा वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएकाहरूले मतदान गर्न पाउनेछन् ।

जसअनुसार निर्वाचनमा देशभर एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । जसमा ८७ लाख ४१ हजार ५३० महिला मतदाता छन् । ८९ लाख ९२ हजार १० पुरुष र १८३ जना अन्य मतदाता छन् । मतदानका लागि देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिएको छ ।

निर्वाचनबाट ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिका र ६ हजार ७४३ वडामा गरी ३५ हजार २२१ जनप्रतिनिधि चुनिनेछन् । जसमध्ये ३५५ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । जसमा ६ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यहरु समेत निर्विरोध निर्वाचित भएका छन् ।

विभिन्न स्थानीय तहका ९ स्थानमा भने उमेदवारको मृत्यु भएकाले मतदान रोकिएको छ । त्यहाँ पुनः निर्वाचन प्रक्रिया सुरु भएको छ ।

मतदाता परिचयपत्र नहुनेले पनि भोट हाल्न पाउने

मतदानका लागि मतदाता नामावलीमा नाम भएको र मतदाता परिचय पत्र आवश्यक पर्छ । तर मतदाता परिचपत्र हराएको, नष्ट भएकाहरूले पनि भोट हाल्न पाउनेछन् । आयोगले मतदाता नामावलीमा नाम रहेको तर परिचयपत्र नभएकाहरूको हकमा भने नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी अथवा जग्गाधनी प्रमाणपूर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्ने व्यवस्था गरेको छ ।

आजैबाट मतगणना

निर्वाचन आयोगले सुरक्षा प्रवबन्ध मिलाइएको भन्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ढुक्क भएर मतदान गर्न आग्रह गरे । त्यस्तै मतगणना पनि आजैबाट सुरु हुने आयोगले जानकारी दिएको छ । धेरै स्थानमा आजैबाट मतगणना कार्यप्रारम्भ गर्ने जनाइएको छ । आयोगले जेठ ५ भित्रै मतगणना सक्ने नीति पनि लिएको छ । अधिकांश मतणनास्थलमा सीसीटीभी जडान गरिएको छ ।

३० बैशाख २०७९, शुक्रबार ०५:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा