Play

मतदाताले दिएको साथ र उत्साहले जीत हुनेमा ढुक्क छु- मर्सानी

गुरुकुल खबर


पोखरा २७ वैशाख । नेपाली काँग्रेस पोखरा उपमहानगरपालिकाका वडा नं ९ ले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो जीतको आँकडा निकालेको छ । विगत केही दिन यतादेखि जारी घरदैलो, मतदाता भेटघाट, सभा, र्यालीलगायतका कार्यक्रममा मतदाताले देखाएको उत्साह र प्रतिबद्धताको आधारमा वडाले जीतको आँकडा निकालेको हो ।

जीतको आँकडासंगै वडाले औपचारिक चुनावी कार्यक्रमको अन्तिम दिन आज बाजागाजा सहितको विशाल चुनावी र्याली र चुनावी सभाको आयोजना गर्यो ।

चुनावी सभामा बोल्दै वडाध्यक्ष पदका उम्मेदवार दिपेन्द्र मर्सानीले केही दिन यतादेखि मतदाताले दिएको साथ र देखाएको उत्साहले यो निर्वाचनमा आफुले जीत हात पार्ने आत्मविश्वास बढेको बताए । ‘यहाँहरुको साथ र उत्साहले जीत हाम्रै पक्षमा हुनेमा ढुक्क छु’ मर्सानीले भने ‘निर्वाचनको मिति नजिकिदै गर्दा तपाईहरुको साथ र आर्शिवादले झन् जीत्ने आत्मविश्वास बढेर आएको छ ।’

मतदाताको घरदैलोमा जाँदा दिएको प्रतिबद्धता फेरी दोहोर्याउदै मर्सानीले वडा नं ९ को विकास, वडाबासीको शिक्षा, स्वास्थ्य, बाटोघाटो, वर्षौदेखि बन्न नसकेको पोखरा बसपार्क निर्माण, सुल्झिन नसकेको सुकुम्बासी समस्या, ढल निकास जस्ता मुल एजेण्डाहरु आफुसंग भएको र पुरा गर्ने प्रतिबद्धता पनि जाहेर गरे ।

‘मेरो प्यानललाई तपाईले अमुल्य मत दिएर जिताउनुभयो भने मेरो कार्यकालभित्र प्रतिबद्धता पत्रभित्र रहेका हरेक एजेण्डाहरु पुरा गर्नेछु ।’ मर्सानीले भने । उनले पाँच वर्षे योजनामा सबै कामहरु, प्रतिबद्धताहरु पुरा गर्ने प्रतिबद्धता जनाएका थिए ।

खुला तर्फका वडा सदस्य पदका उम्मेदवार भावना श्रेष्ठले राम्रा र ठुला अवसरहरु हुदाँ हुदै पनि समाजसेवाका लागि आफु नेपाली काँग्रेसको राजनीतिमा होमिएको बताउँदै अव्यवस्थित बस्ती व्यवस्थित बनाउनकालागि पनि आफ्नो पार्टीलाई मत दिएर जिताउन आग्रह गरिन् ।

आफु पनि अव्यवस्थित बस्तीबाटै आएको स्मरण गर्दै श्रेष्ठले भनिन् ‘म पनि त्यही अव्यवस्थित बस्तीबाट नै आएकी हुँ, सो क्षेत्रको विकास र शिक्षा, स्वास्थ्यमा सबैको पहुँच पुर्याउनु मेरो मुल प्रतिबद्धता हो ।’

चुनावी सभामा सदस्य पदका उम्मेदवारहरु गीता चर्मकार, लक्ष्मी पहारी र नन्दराम गिरीले चुनावी अभियानका क्रममा देखिएका समस्याका साथै चुनावी प्रतिबद्धता पत्रमा उल्लेख प्रतिबद्धताहरु पुरा गर्ने जिकिर गरेका थिए ।

गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको प्रमुख आतिथ्यता र वडा इकाई सभापति शिवराज बाँस्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनीराम बराललगायतले वडाको विकास र सुशासनकालागि दिपेन्द्र मर्सानीको प्यानललाई अमूल्य मत दिएर विजयी गराउन आग्रह गरेका थिए ।

चुनावी सभा अघि नेवारी बाजागाजा सहितको र्याली नयाँबजार, महेन्द्रपुल, पालिखेचोक, चिप्लेढुंगा, न्यूरोड हुदै दरबारथोकमा पुगी चुनावी सभामा परिणत भएको थियो । र्यालीमा नेपाली काँग्रेस कास्की जिल्ला सदस्य विश्वशंकर पालिखे, महासमिति सदस्य मुना बाँस्तोला, महासमिति सदस्य तथा जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष पूर्ण तिमिल्सिना, महाधिवेशन प्रतिनिधि सुनयना पालिखे, मतदाता, कार्यकर्तालगायतले उत्साहजनक सहभागिता जनाएका थिए ।

२७ बैशाख २०७९, मंगलवार २२:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा