Play

मतदाता शिक्षा तथा उम्मेदवार साक्षात्कार कार्यक्रममा लागेका छौं – कार्की

गुरुकुल खबर


पोखरा २५ । स्थानीय तहको निर्वाचनकालागि पाँच दिन मात्र बाँकी रहदाँ वडा नं १४ का उम्मेदवारहरु घरदैलो अभियान सम्पन्न गरी मतदाता शिक्षा तथा उम्मेदवार साक्षात्कार कार्यक्रममा लागेका छन् ।
नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं १४ का उम्मेदवाहरु मतदातासंग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम सम्पन्न गरी उम्मेदवार साक्षात्कार एवम मतदाता शिक्षाका लागि वृहत छलफलमा जुटेका हुन् । टोल टोलमा पुगेर मतदाता शिक्षा दिनुकासाथै चुनावी छलफल पनि जारी राखेका छन्।

नेपाली काँग्रेसबाट वडा अध्यक्ष पदमा उम्मेदवार बनेका बोधराज कार्की सहित गठबन्धन दलका वडा सदस्य पदका उम्मेदवारहरु मतदातासंग प्रत्यक्ष भेटघाट अन्तर्गतको घरदैलो अभियान सम्पन्न गरी चुनावी छलफल तथा भेटघाट कार्यक्रममा लागेको नेपाली काँग्रेस वडा इकाई सचिव सविना क्षेत्रीले जानकारी दिईन् ।

घरदैलो अभियान सकिएपनि वैशाख ३० गते हुने निर्वाचनमा कसरी मत हाल्ने भन्ने मतदाताशिक्षा दिनुका साथै वडा नं १४ मा कसरी नेपाली काँगे्रस नेतृत्वलाई विजयी गराउन सकिन्छ भनि छलफल तथा भेटघाटमा व्यस्त बनेको वडा इकाई सभापति दिवस कुँवरले जानकारी दिए । ‘यो पटक काँग्रेस नेतृत्वले स्थानीय तहको निर्वाचनमा जीत हात पार्ने छ’ सभापति कुँवरले भने ‘विजयी निश्चित छ र पनि हामी चुनावी अभियानलाई सशक्त बनाएर हिडिरहेका छौं ।’ गएको निर्वाचनमा झिनो मतान्तरणले पराजित बोधराज कार्कीले यस पटकको निर्वाचनमा विजयी हासिल गर्ने वडाबासीको विश्वास रहेको प्रगति टोल विकास संस्थाका एक मतदाताको भनाई छ ।

कार्यकर्ता एमव् मतदाताको उत्साहजनक सहभागिताले पनि आफ्नो जीत निश्चित रहेको नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार बनेका बोधराज कार्कीको विश्वास छ । आफ्नो जीतसंगै वडाबासीको आर्थिक, सामाजिक, साँस्कृति विकासका साथै हरेक टोलको समस्या समाधानमा सधै साथ रहने प्रतिबद्धता समेत उम्मेदवार कार्कीले जनाएका छन् ।
कार्कीको नेतृत्वमा वडा सदस्य पदका लागि तनुजा थापा, दिलमाया गुरुङ, शिव कँडेल र कृष्णहरी काफ्ले उम्मेदवारमा रहेका छन् ।

 

२५ बैशाख २०७९, आईतवार २०:२० मा प्रकाशित
Nabintech