पोखरा, नेपाली काँग्रेस कास्की क्षेत्र न. १ बाट पार्टीको नियमित १५ औं महाधिबेशनका लागि महाधिबेशन प्रतिनिधिहरुको चयन गरिएको छ। निर्बिरोध निर्बाचित महाधिबेशन प्रतिनिधिहरुमा कांग्रेसमा लामो समयदेखि क्रियाशील व्यक्तित्वहरु सहित १८ देखि २८ बर्ष उमेरसमुहका नवयुवाहरु समेत रहेको बताइएको छ।
कास्की क्षेत्र न. १ बाट नियमित महाधिबेशनमा सहभागी हुने गरि चयन भएका महाधिबेशन प्रतिनिधिहरुमा बिकास लामा गुरुङ, चन्द्रावती पौडेल, पुष्पमणी भण्डारी, महेश्वर पाण्डे, परशुराम बि पोखरेल लगायतका नेताहरु रहेको बुझिएको छ।
सोही क्षेत्रबाट महाधिबेशन प्रतिनिधि निर्बाचित एबम पार्टीका कास्की जिल्ला सचिब सुरेन्द्रनाथ शर्माले दिएको जानकारी अनुसार केहि दिन अगाडी सम्पन्न पार्टीको क्षेत्रिय अधिबेशनबाट नयाँ क्षेत्रिय कार्यसमिति सहित महाधिबेशन र प्रदेश प्रतिनिधिहरु चयन गरिएको हो।
त्यस क्षेत्रबाट निर्बिरोध निर्बाचित अन्य महाधिबेशन प्रतिनिधिहरुमा सुरेन्द्रनाथ शर्मा, प्रेम बराल, राजकुमार गुरुङ, बिजय घिमिरे, कमल प्रसाद तिवारी, भिषण थाप मगर, रिता पौडेल, कल्पना तिवारी गौतम र रिता गुरुङ रहेको बताइएको छ।
यसैगरी त्यस क्षेत्रबाट चुनिएका अन्य महाधिबेशन प्रतिनिधिहरुमा सरस्वती परियार, शिशिर ढकाल, सरिफ मिया, जिबन तिवारी, रेशम बिक, विश्वराज पौडेल, हरिबहादुर गुरुङ, सरोज रानाभाट, सुरेन्द्र बस्नेत, राजु गुरुङ, निशाना गौतम, शिवजी ढुंगाना, प्रदिप बानिया र सन्देश खत्री रहेका छन।
४० बर्ष उमेर भन्दा कमको क्लष्टरमा जानुका सुब्बा र गोपीकृष्ण तिवारी, १८ देखि २८ बर्ष उमेर समूहको क्लष्टरमा सृष्टि कंडेल र मन्दिप बराल तथा अपाङ्गतर्फ बाट सागर पौडेल महाधिबेशन प्रतिनिधि चयन भएका छन ।
पार्टीको क्षेत्रिय अधिबेशनबाट कास्की क्षेत्र न. १ को क्षेत्रिय सभापतिमा निर्बाचित सभापति आनन्द सुबेदीको साथै प्रदेश सभापतिहरु ई. अबित केसी र ई. परशुराम बस्नेत, रुपा गाउँपालिकाका सभापति ढकबहादुर थापा र मादी गाउँपालिकाका सभापति खिमबहादुर जिसी पनि पदेन महाधिबेशन प्रतिनिधिमा चयन भएका छन। यसका सथिया सोही क्षेत्रमा रहेका पोखरा महानगर कार्यसमितिका सभापति मिलन तिवारी पनि पदेसं महाधिबेशन प्रतिनिधि बनेका छन।
पार्टीमा गरिएको नयाँ ब्यबस्था अनुरुप त्यस क्षेत्रबाट मादी गाउँपालिकाको अध्यक्ष देबिजंग गुरुङ र त्यस क्षेत्रमा पार्टी सदस्य रहेकी गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङ समेत पदेन महाधिबेशन प्रतिनिधि बनेका छन। तर उनीहरु दुवै जना देउवा समुहको महाधिबेशनमा सहभागी बन्ने वा नबन्ने भन्ने कुरा उनीहरुमा नै निर्भर रहनेछ ।














