पोखरा, पोखराको फेवातालमा हाम फालेका एक युवकलाई प्रहरीले घाइते अवस्थामा उद्धार गरेको छ। कात्तिक २५ गते अर्थात हिजो राति करिब ११ बजे पोखरा महानगरपालिका–६ को बसुन्धरापार्क नजिकै फेवातालमा २९ वर्षीय केशव भुजेलले हाम फालेका थिए।
घटनाबारे सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनलाई तालबाट उद्धार गरेको थियो।
पोखरा -५ प्रस्यांगमा बस्दै आएका भुजेलले मादक पदार्थ सेवन गरेको अवस्थामा फेवातालमा हाम फालेको प्रारम्भिक अनुसन्धानमा खुलेको जनाइएको छ।
उद्धारपछि उपचारका लागि जीएमसी अस्पताल पुर्याइएका उनको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाई छ। घटनाको कारण तथा अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।













