Play

समता काव्य सन्ध्या कविताको अघोषित पाठशाला

गुरुकुल खबर


पोखरा । पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समताकाव्य सन्ध्याको ३४६औं श्रंखला पोखरामा सम्पन्न भयो । मार्च २१ विश्व कविता दिवसको पुर्व सन्ध्यामा पोखरामा कविता वाचन सहित कार्यक्रम सम्पन्न गरेको हो । परिवारले प्रत्येक महिनाको पहिलो शनिबार सो कार्यक्रमको आयोजना गर्दै आएको छ ।

काव्य सन्ध्यामा परिवारका सल्लाहकार कार्यक्रमका प्रमुख अतिथि कवि सरस्वती प्रतीक्षाले “ कविताले मानव जीवनलाइ साधनारत हुन उर्जा प्रदना गर्ने बताइन् । कविताको सगरमाथा उचाइ चुम्न निरन्तर साधना र मौनता आश्यक भएको बताइन् । आँफु पनि कविताको सगरमाथा उचाइ नाप्दै बेसक्याम्पको यात्रामा रहेको बताइन् ।

कार्यक्रमका अर्का अतिथि परिवारका सल्लाहकार अग्रज पत्रकार बद्रि विनोद प्रतीकले “ समता काव्य सन्ध्या कविताको अघोषित पाठशाला भएकोले कविता वाचन र लेखनमा जोड दिनुपर्ने बताए ।”

बिषेश अतिथि पोखरा प्रज्ञा प्रतिष्ठान कि प्राज्ञ सदस्य सरस्वती श्रेष्ठ “सरू” ले आँफु पनि ५०को दशक देखि समता काव्य सन्ध्याको अघोषित विधार्थी भएको बताइन् ।

काव्य सन्ध्याको ३४६ औँ शृङ्खलामा कविहरू संगीता गौतम, सुरज उपाध्याय, प्रकाश आचार्य, मनिषा पौडेल, इन्द्रराना प्रतीक, इशा शाह, ध्रुब बराल, सिर्जना ढकाल, शर्मिला कार्की, अबिनाश सापकोटा, डा भूमिराज बस्ताकोटी, बसन्त विनोद, सावित्री गिरी, सुर्दशन पौडेल, गीता तिवारी, रेशम गिरी, सञ्जिव पौडेल, अमृत क्षेत्री, रीता अधिकारी ऋतु, डा वसन्त गौतम र डा ईश्वरमणि अधिकारीले कविता वाचन गरेका थिए।

परिवारका उपाध्यक्ष उपेन्द्र पौडेलले स्वागत गरेका थिए । परिवारका अध्यक्ष मोती भूजेलका अध्यक्षतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन सह सचिव शिव त्रिपाठीले गरेका थिए ।

६ चैत्र २०७८, आईतवार १०:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा