Play

डा. शेखर कोइराला समुहका नेता कार्यकर्ता देउवा समुहको अधिबेशनमा सहभागी बन्ने

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसमा छुट्टै विचार समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइराला पक्षका नेता कार्यकर्ताहरू नेता शेरबहादुर देउवा समूह अर्थात नेता डा. शशांक कोइराला संयोजक रहेको १५ औं महाधिबेशनको प्रक्रियामा सहभागी बन्ने भएका छन।

नेता कोइराला तटस्थ बसे पनि उनीनिकट नेता–कार्यकर्ताहरू बिहीबारदेखि सुरु हुन गइरहेको पूर्वसभापति शेरबहादुर देउवाको समूहले सुरु गर्न लागेको अधिवेशनमा सहभागी हुने नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।

‘हाम्रो समूहका नेता–कार्यकर्ताहरू बिहीबारदेखि सुरु हुन गइरहेको वडा अधिवेशनमा सहभागी हुँदै छन ।’ उनले भने ‘केहीले स्वविवेक प्रयोग गरेर अस्तीको महाधिवेशनमा भाग लिनुभयो । अब केहीले स्वविवेक प्रयोग गरेर भोलिबाट सुरु हुने महाधिवेशनमा भाग लिनुहुन्छ।’ उनले भने

देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक एकराज पोख्रेलले बिहीबारदेखि शनिबारसम्म वडा अधिवेशन सम्पन्न गर्न जिल्ला निर्वाचन समितिहरूलाई निर्देशन दिइएको जानकारी दिएका छन् ।

१४ आश्विन २०८३, बुधबार १५:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा