काठमाडौँ, नेपाली कांग्रेसमा छुट्टै विचार समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइराला पक्षका नेता कार्यकर्ताहरू नेता शेरबहादुर देउवा समूह अर्थात नेता डा. शशांक कोइराला संयोजक रहेको १५ औं महाधिबेशनको प्रक्रियामा सहभागी बन्ने भएका छन।
नेता कोइराला तटस्थ बसे पनि उनीनिकट नेता–कार्यकर्ताहरू बिहीबारदेखि सुरु हुन गइरहेको पूर्वसभापति शेरबहादुर देउवाको समूहले सुरु गर्न लागेको अधिवेशनमा सहभागी हुने नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।
‘हाम्रो समूहका नेता–कार्यकर्ताहरू बिहीबारदेखि सुरु हुन गइरहेको वडा अधिवेशनमा सहभागी हुँदै छन ।’ उनले भने ‘केहीले स्वविवेक प्रयोग गरेर अस्तीको महाधिवेशनमा भाग लिनुभयो । अब केहीले स्वविवेक प्रयोग गरेर भोलिबाट सुरु हुने महाधिवेशनमा भाग लिनुहुन्छ।’ उनले भने
देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक एकराज पोख्रेलले बिहीबारदेखि शनिबारसम्म वडा अधिवेशन सम्पन्न गर्न जिल्ला निर्वाचन समितिहरूलाई निर्देशन दिइएको जानकारी दिएका छन् ।













