Play

पोखराका युवा उधमी किरण केसी कांग्रेसको महाधिबेशन प्रतिनिधि बन्ने अभियानमा

गुरुकुल खबर


पोखरा, पोखराका युवा उधमी किरण केसी नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधि बन्ने अभियानमा लागेका छन। पोखराको हिमश्री फुड्स, माछापुच्छ्रे बैंक, सनलाइफ इन्स्योरेन्ससहित बिभिन्न हाइड्रोपावरहरुमा संलग्न किरण केसी पोखराबाट उदाएका राष्ट्रिय उधमीको रुपमा परिचित छन।

युवा र सर्बसाधारणसंग समेत सहज र सरल ढंगको व्यवहार गर्ने केसीलाई कांग्रेस भित्र पनि राजनीतिक सम्भावना बोकेको मिलनसार युवाको रुपमा लिने गरिन्छ।

मुलुकको आर्थिक समृद्धिको लागि नेपाली काँग्रेसले अबलम्बन गर्ने नीति उपयुक्त रहेको भन्दै केसीले उधोग ब्यबसायसंगै राजनीतिमा पनि निरन्तरता दिन चाहेको कारण केन्द्रीय महाधिबेशन प्रतिनिधि पदमा उमेदवारी दिएको बताए।

नेपाली काँग्रेसको १४ औं महाधिबेशनबाट पनि केन्द्रीय महाधिबेशन प्रतिनिधिमा लोकप्रिय मत पाएर निर्बाचित भएका केसी यसपटक पनि खुल्ला तर्फबाट केन्द्रीय महाधिबेशन प्रतिनिधिको उमेदवार बनेका हुन।

गुरुकुल खबरसंग कुरा गर्दै उनले बिभिन्न वडाबाट क्षेत्रिय प्रतिनिधि बनेर आएका मतदाता समक्ष महाधिबेशनबाट पार्टीको लागि आबश्यक, योग्यता र क्षमातवान उमेदवारहरुलाई जिताउन समेत आग्रह गरेका छन ।

‘उद्योग र लगानी, समृद्धिको बिहानी भन्ने उद्घोष गर्दै उनले नवप्रवर्तन र प्रविधि सहितको युवा नेतृत्वमा जोड दिएका छन  उनले भने ‘पार्टीको नीति, कार्यकर्ताको भावना र संगठनको सुदृढीकरणका लागि नयाँ ऊर्जा र जिम्मेवारीका साथ अघि बढ्दैछु । यो उम्मेदवारी मेरो मात्र होइन, हामी सबैको साझा आवाज र प्रतिनिधित्वको प्रयास हो ।’

कास्की -२ मा नेपाली काँग्रेसका नेताहरु देवराज चालिसे र शुक्रराज शर्मा सहितको एउटा र बिन्दु थापा लगाएतका नेताले अर्को प्यानल बनाएर चुनाबी प्रतिष्पर्धामा जाँदै गर्दा केसीलाई दुवै समुहले प्यानलमा राख्न चाहेको बुझिएको छ।

पोखरामा रहेर राजनीतिसंगै ब्यबसायिक क्षेत्रमा सफलता प्राप्त गरेका बुवा सुर्यबहादुर केसीको प्रेरणाले राजनीति र ब्यबसायमा जोडिएका किरण केसी बुवाको निधन पछि कांग्रेसको राजनीतिमा सक्रिय बनेका हुन। उनका बुवा सुर्यबहादुर केसी नेपाली काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य र प्रतिनिधिसभाको सदस्य समेत बनेका थिए।

कास्की क्षेत्र न. २ अन्तर्गत पोखरा महानगरपालिकाका ११ वटा वडा रहेको र ति वडाबाट ५ सय ३४ जना क्षेत्रिय प्रतिनिधि रहेकोमा क्षेत्रिय सभापतिले मनोनित गरेका १० जना सहित कुल मतदाताको संख्या ५ सय ४४ रहेको निर्बाचन अधिकृत गणेश कार्कीले गुरुकुल खबरलाई जानकारी दिए ।

१२ आश्विन २०८३, सोमबार १०:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा