Play

कांग्रेसको बिशेष महाधिबेशनमा नजाने केन्द्रीय सदस्यलाई सोही हैसियतमा महाधिबेशन आयोजक समितिमा राखिने

गुरुकुल खबर


काठमाडौं, नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४औँ महाधिवेशनपछि शेरबहादुर देउवाको कार्यसमितिमा रहेका सबैलाई पार्टीको केन्द्रीय समितिमा आउनको बाटो खोलेको छ । आइतबार बसेको बैठकले अघिल्लो कार्यसमितिमा रहेका सबैलाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको छ । गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि बनेको केन्द्रीय कार्यसमितिमा नरहेकाहरुलाई केन्द्रीय समितिमा बस्नको लागि बाटो खुलाइएको हो ।

कांग्रेसको संस्थापन समुहले पार्टीको १५औँ महाधिवेशनका लागि आगामी असोज १६ देखि १९ गतेको मिति तय गरेको छ । असोज ३ र ४ गते वडा तहको अधिवेशन तोकिएको छ भने असोज ७ गते पालिकास्तरको र असोज १० गते क्षेत्रको अधिबेशन गरेपछि एकैपटक केन्द्रीय महाधिबेशन गरिने भएको छ।

आइतबारको निर्णयअनुसार देउवा पक्षबाट आउने नेतालाई केन्द्रीय समितिमा सामेल गरी आसन्न महाधिवेशनको आयोजक समितिमा राखिने छ ।  “देउवा सभापति हुँदा कार्यसमितिमा रहेका सबैलाई केन्द्रीय समितिमा समेट्ने गरी निर्णय भएको छ । पार्टीमा मेलमिलाप, एकता र सबैको अपनत्व भाव कायम गर्न यसले मार्गप्रशस्त गर्ने विश्वास छ,” कांग्रेस संस्थापनका एक केन्द्रीय सदस्यले भने ।

संस्थापनबाट यस्तो निर्णय भएका गरिएको भएपनि देउवा पक्षले महाधिवेशनका लागि निर्वाचन संयोजक तोकेको छ । आगामी मंसिर २१ देखि २३ गतेसम्म तय भएको देउवा पक्षको महाधिवेशन सम्पन्न गर्न निर्वाचन समितिको संयोजकमा अधिवक्ता एगराज पोखरेललाई तोकिएको हो । उनी सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वसचिव एबम कांग्रेसको १४औँ महाधिवेशनमा पनि उनी निर्वाचन समितिको सदस्य थिए ।

संस्थापन समुहको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयहरु ..

२८ भाद्र २०८३, आईतवार २१:४४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा