Play

आकस्मिक बाढीका कारण हालसम्म २२ जनाको मृत्यु भएको पुष्टी, मृतक र घाइतेको संख्या अझै बढ्ने

गुरुकुल खबर


काठमाडौँ, रसुवाको भोटेकोशीमा आएको बाढीबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ। बागमती प्रदेश प्रहरी कार्यालयको पछिल्लो विवरण अनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनमा गरी २२ जनाको मृत्यु भएको हो। मृत्यु हुने र घाइते हुनेहरुको संख्या धेरै पुग्ने अनुमान गरिएको छ।

विवरणअनुसार रसुवामा एक पुरुष, नुवाकोटमा पाँच महिला र छ पुरुष गरी ११ जना, धादिङमा पाँच महिला, दुई पुरुष र दुई जनाको लिङ्ग नखुलेको गरी नौ जना तथा चितवनमा एक महिलाको मृत्यु भएको छ।

बाढीका कारण प्रभावित क्षेत्रमा ६५ जनालाई घाइते अवस्थामा उद्धार गरिएकोमा रसुवाबाट ४३, नुवाकोटबाट १९ र धादिङबाट तीन जनाको उद्धार गरिएको विवरणमा उल्लेख छ।

उद्धार गरिएकामध्ये छ जना काठमाडौं र ३६ जना धुन्चेमा रहेको तथा एक प्रहरीसहित अन्य घाइतेको नुवाकोटमा उद्धार गरिएको विवरणमा उल्लेख छ। आकस्मिक बाढीको कारण ठुलो जनधनको क्षती भएपनि कति क्षती भयो भन्ने अनुमान गर्न समेत थप केहि समय लाग्ने अबस्था छ ।

१० भाद्र २०८३, बुधबार १६:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा