Play

मणिपाल अस्पतालले सांस्कृतिक तीज मेलामा सहयोग सहित बृहत स्वास्थ्य शिविर गर्ने

गुरुकुल खबर


पोखरा, पोखराको नेपाल मणिपाल शिक्षण अस्पतालले पोखरामा हुने पाँचौँ संस्करणको सांस्कृतिक तीज मेलामा सहयोग गर्नुको साथै मेला स्थलमा बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्ने भएकोछ। सिटीवान टेलिभिजनले आयोजना गर्ने तीज गीत प्रतियोगिता यहि भदौ २३ र २४ गते पोखरामा हुँदैछ।

मेलामा आउने दर्शक तथा सहभागीको स्वास्थ्यलाई लक्षित गरी मणिपाल शिक्षण अस्पतालले स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो  मेला स्थलमै आवश्यक प्राथमिक उपचार, स्वास्थ्य परामर्श तथा महिलाका लागि विशेष स्वास्थ्य सेवाको व्यवस्था गरिने अस्पतालले जनाएको छ । स्वास्थ्य शिविरलाई मेलाको सामाजिक उत्तरदायित्वसँग जोडिएको महत्वपूर्ण कार्यक्रमका रूपमा लिइएको छ।

सम्झौताअनुसार मेलामा सहभागी दर्शक र प्रतियोगीको लागि मणिपालले वर्षभरि प्रयोग गर्न मिल्ने एकपटकको डिस्काउन्ट कार्ड उपलब्ध गराउनेछ। उक्त कार्डमार्फत अस्पतालको ओपीडी टिकटमा ५० प्रतिशत छुट, ल्याब परीक्षणमा १५ प्रतिशतसम्म छुट, एमआरआई तथा सिटी स्क्यानमा १० प्रतिशत छुट र अपरेशन सेवामा १० प्रतिशत छुट उपलब्ध हुने जनाइएको छ।

सिटीवान टेलिभिजनका प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले तीज संस्कृति संरक्षणसँगै मेलालाई स्वास्थ्य, सामाजिक चेतना र समुदायसँग जोड्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको बताइन्। उनका अनुसार मनोरञ्जनसँगै सहभागी तथा दर्शकलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिइएको छ।

मेलामा करिब ६० समूहको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगितामा महिला हिंसा, पर्यटन प्रवर्द्धन, सरसफाइ, बीमा तथा वैदेशिक रोजगार, उद्यमशीलता, शिक्षा, लागूऔषध दुव्र्यसन, खानेपानी तथा ऊर्जा, वित्तीय सचेतना र स्वास्थ्यजस्ता समसामयिक विषयलाई तीज गीतमार्फत प्रस्तुत गरिनेछ।

प्रतियोगितामा प्रथम हुने समूहले ५० हजार, द्वितीयले ३० हजार, तृतीयले २० हजार र सान्त्वना पुरस्कार १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट नृत्य, भेषभूषा र शब्दका लागि पाँच पाँच हजार रुपैयाँ पुरस्कार राखिएको छ।

८ भाद्र २०८३, सोमबार १०:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा