Play

पोउबासंघको चुनाब: कार्यसमितिमा नयाँलाई छेक्न पुरानाको सिन्डिकेट, अध्यक्षका आकांक्षीलाई प्यानल बनाउन कठिन

गुरुकुल खबर


पोखरा, पोखराका उधोगी ब्यवसायीको छाता संस्था एबम पोखराको जेठो संस्थाको परिचय बनाएको पोखरा उद्योग वाणिज्य संघमा नयाँ र सक्षम अनुहारलाई रोक्नको लागि संघको कार्यसमितिमा रहेका पुराना अनुहारबाट बिभिन्न किसिमको प्रयास गरिन थालेको छ। यहि भदौ २० र २१ गते हुने संघको ३६ औँ महाधिवेशनको निर्बाचन कार्यतालिका अनुसार उमेदवारी दर्ता नहुँदै कार्यसमितिका केहि पदाधिकारी र सदस्यहरुले आआफ्नो समूह बनाएर नयाँ र सक्षम अनुहारलाई रोक्नको लागि बिभिन्न  किसिमको पहल शुरु गरेका हुन । यसलाई कतिपय ब्यबसायीले कार्यसमितिमा रहेकाहरुले संस्थामा काम गर्न चाहने नयाँ अनुहारलाई छेक्नको लागि मनोबैज्ञानिक रुपमा शुरु गरिएको सिन्डिकेटको रुपमा समेत लिन थालेका छन ।

केहि दिन अगाडी संघका पदाधिकारीहरुमध्ये हालका उपाध्यक्ष दिनेशचन्द्र बाँस्तोला, कोषाध्यक्ष मनोज कुमार श्रेष्ठ, उपमहासचिब सुदिप प्रधानांग र कार्यसमितिका सदस्य देबेन्सन प्रजुसहित चारजनाले आँफुहरुलाई क्रमश बरिष्ठ उपाध्यक्ष, बाणिज्य उपाध्यक्ष, महासचिब र कोषाध्यक्ष पदको आकांक्षीको रुपमा सामुहिक रुपमा प्रस्तुत गरे ।

त्यसको केहि दिनमा उनीहरुले आंफ्नो समुहमा बर्तमान कार्यसमितिमा सदस्य रहेका ललित बहादुर कुँवर र प्रदिप राजभण्डारीलाई बाँकी रहेका दुई पदाधिकारीमध्ये उधोग तर्फको उपाध्यक्षमा कुँवर र उपमहासचिबमा राजभण्डारीलाई पनि मिलाएर आँफुहरु छुट्टै समूह भन्दै सामुहिक प्रचार गरे। उनीहरुको यो प्रयास कार्यसमितिको पदाधिकारीमा कोहि पनि नयाँ अनुहार उमेदवार बन्नबाट रोक्नको लागि भएको बताइन्छ ।

पदाधिकारीहरुको उक्त समूह बनेको केहि दिनमा केहि पुर्व अध्यक्षहरु सहित बसेको समुहको बैठकले संघको अबको अध्यक्षमा बलराम आचार्यलाई समर्थन गर्ने निर्णय गरेकोमा उक्त निर्णय भोलिपल्ट सार्बजनिक भएपछि त्यसको प्रत्यक्ष असर अध्यक्षका उमेदवार र सोही समुहमा पर्यो। आचार्यको नेतृत्वमा पदाधिकारीको प्यानल बन्ने कुरा सार्बजनिक भएपछि अध्यक्षका अर्का एक आकांक्षी र एकजना पुर्व अध्यक्षले पदाधिकारीमा नाम समाबेश गरेका केहीलाई आचार्यको प्यानलमा नबस्न चेतावनी समेत दिएको बुझिएको छ। आचार्यले केहि दिनमा पत्रकार सम्मेलन गरेर घोषणा गर्ने भनिएको अध्यक्ष र उल्लिखित पदाधिकारीको समूह अर्थात प्यानल आन्तरिक रस्साकस्सीका कारण अहिलेसम्म घोषणा हुन् सकेको छैन।

आँफु आँफु मिलेर पदाधिकारी घोषणा गरेका उनीहरुको बिचमा आँफुहरु एकै ठाउँमा उभिएर चुनाबमा जाने सहमति भएको भएपनि १/२ जनाको चेतावनी पछि उनीहरु आँफै विभाजित जस्तै बन्न पुगेका छन । जसका कारण उनीहरुले तय गरेको अध्यक्षका सम्बन्धमा मात्र नभएर पहिले टुंगिएको पद समेत कहिले फेर्नुपर्ने वा छोड्नुपर्ने हो कि भन्ने चर्चा र दवाब समेत बढ्न थालेको बताइन्छ ।

संघको अध्यक्ष बन्नका लागि हालका बरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उपाध्यक्ष बलराम आचार्य, महासचिव शोभा गौतम र पुर्व उपाध्यक्ष्/ पुर्व महासचिब अर्जुन पोखरेलले उमेदवारी घोषणा गरेर चुनाबी अभियानमा लागेका छन। अध्यक्ष एबम पदाधिकारी र सदस्यहरुका आकांक्षीहरुको नाम सार्बजनिक हुँदै गर्दा उनीहरुको नामलाई लिएर राजनीतिक, जातिय एबम ब्यबसायिक बिबिधताको दृष्टिकोणले समेत ब्याख्या गर्न थालिएको छ।

पदाधिकारीहरुको मात्र सिंगो प्यानल बनाएर कार्यसमितिका अध्यक्षका उमेदवार र सदस्यका उमेदवारसंग समेत सिधा बार्गेनिंग गर्ने किसिमले प्रस्तुत भएका तिनै पदाधिकारीहरुको सिको गर्दै कार्यसमितिमा चाहिने १० जना खुला सदस्य पदमा पनि कार्यसमितिका पुराना अनुहार नै मिलेर सदस्यहरुको मात्र समुह बनाएका छन। उनीहरुले पनि आंफ्नो समुहको नाममा अब पदाधिकारीहरु र अध्यक्षका उमेदवारहरुसंग मतको मात्र नभएर अन्य बिषयमा समेत बार्गेनिंग गर्ने बुझिएको छ। सम्भव भएसम्म अन्य उमेदवारहरु आउन नदिनको लागि मनोबैज्ञानिक प्रभाव पार्ने लक्ष सहित एकै ठाउँमा उभिएको भन्दै बक्तब्य सार्बजनिक गर्नेहरुमध्ये ८ जना बर्तमान कार्यसमितिका सदस्य र दुईजना मात्र नयाँ अनुहार रहेको छन ।

‘पदाधिकारीमा चुनाब लड्छौं भन्नेहरुले एउटा समूह बनाएको कारण सदस्य पदमा उमेदवार दिन चाहेका कार्यसमितिका सदस्यमा दुईजना मात्र नयाँ अनुहार थपेर हामीले सदस्यहरुको समूह बनाएका हौँ। यो समुहमा रहनेहरुले सदस्य पदमा समुहमा रहेकालाई मत माग्ने र अन्य पदमा आंफ्नो चाहना अनुसार मत माग्ने सहमती भएको छ।’ १० जना मध्येका एकजनाले गुरुकुल खबरसंग भने । उनका अनुसार अध्यक्ष र पदाधिकारीमा जो आएपनि १० जना सदस्यका उमेदवारहरुलाई साझा मानेर आँफुहरुलाई जिताउन आग्रह गर्ने सहमती भएको छ।

कार्यसमिति सदस्य पदका १० उमेदवारहरुमा अमृत पोखरेल र भानु अधिकारी दुई जनालाई नयाँ अनुहारको रुपमा रहेपनि सुर्यराज घिमिरे (सुरेश), दुर्गा बराल, नविन नापित, मनोहरि पौडेल, राम कँडेल, दुधमान गुरुङ (आशिष), कमल बहादुर सुनार, एकनारायण गौतम हालको कार्यसमितिमा सदस्य रहेका छन । पोखरा उधोग वाणिज्य संघको ३६ औं अधिबेशनको निर्वाचन कार्यतालिका अनुसार भदाै ५ गते उमेदवारकाे मनाेनयन पत्र वितरण गरिने र भदौ ८ गते उमेदवारले मनाेनयन पत्र दाखिला गर्ने कार्यक्रम छ । साेहि दिन उमेदवारकाे नामावली प्रकासन हुने छ । संघमा हाल २ हजार ७ सय ३१ सदस्य रहेका छन् ।

४ भाद्र २०८३, बिहीबार १८:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा