Play

पोखराको वरपीपल रिसोर्टमा मुक्तिनाथ विकास बैंकका ग्राहकले २० प्रतिशत सम्म छुट पाउने

गुरुकुल खबर


पोखरा, मुक्तिनाथ विकास बैंकका ग्राहकले पोखराको लेकसाइडस्थित वरपीपल रिसोर्टले प्रदान गर्ने केहि सेवामा १० प्रतिशत छुट पाउने भएका छन रिसोर्टमा खाना, बास र स्पा सेवामा १० देखि २० प्रतिशतसम्म छुट पाउने गरि बैंकले मंगलबार रिसोर्टसँग सम्झौता गरेको छ ।

मुक्तिनाथ बिकास बैंकका अनुसार सम्झौतापछि ग्राहकले रिसोर्टका विभिन्न सेवामा छुट सुविधा लिन सक्नेछन् । खाना, बास र स्मा सेवामा  १० देखि २० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।

छुट सुविधा लिन बैंकका ग्राहकले बैंकको डेबिट कार्ड, प्रिभिलेज कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ । अन्य माध्यमबाट गरिएको भुक्तानीमा यो सुविधा लागू हुने उल्लेख छैन ।

रिसोर्टमा ६ जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा एक जनाका लागि बस्ने सुविधासहित ब्रेकफास्ट, लन्च र डिनर निःशुल्क उपलब्ध हुने बैंकले जनाएको छ।

मुक्तिनाथ विकास बैंकले ग्राहकलाई विभिन्न सेवा तथा सुविधामा सहुलियत उपलब्ध गराउने उद्देश्यले वरपीपल रिसोर्टसँग सम्झौता गरेको जनाएको छ ।

३ भाद्र २०८३, बुधबार १८:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा