Play

मगर भाषामा समाचार प्रशारण भएको दिनमा मिना थापामगर र मनसुधन थापामगरलाई सम्मान

गुरुकुल खबर


पोखरा, रेडियो नेपालबाट पहिलोपटक मगर भाषामा समाचार प्रसारण भएको दिनको स्मरणमा नेपाल मगर पत्रकार संघ कास्कीले आयोजना गरेको एक कार्यक्रममा पत्रकार मीनाकुमारी थापामगर र मदुसुधन थापामगर सम्मानित भएका छन् । पोखरा महानगरपालिका २१ ठूलीस्वाँरामा आयोजना गरेको ३२ औं मगर प्रसारण दिवस, सम्मान तथा अन्तरक्रिया कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।

नेपाल मगर पत्रकार संघ कास्कीका अनुसार विसं २०५१ साल भदौ १ गते रेडियो नेपालबाट पहिलोपटक मगरलगायत विभिन्न ८ मातृभाषामा समाचार प्रसारण भएको थियो । त्यही दिनलाई स्मरण गर्दै नेपाल मगर पत्रकार संघ कास्कीले मगर प्रसारण दिवस मनाउँदै सम्मान प्रदान गर्दै आएको हो ।

मगर भाषाको समाचार वाचन तथा कार्यक्रम सञ्चालनमा योगदान पुर्‍याएको भन्दै दुबैलाई सम्मानपत्र, माला र खादाले सम्मान गरिएको हो । मीनाकुमारी थापामगर र मनसुधन थापामगरले पोखरामा रहेर मगर भाषाको समाचार वाचन तथा कार्यक्रम सञ्चालन गरेका थिए । अहिले मीनाकुमारी पोखराबाट र मनसुधन बेलायतबाट पत्रकारितामा निरन्तर लागिरहेका छन् ।

गण्डकी प्रदेश सभा सदस्य राजकुमारी भुजेल, नेपाल मगर पत्रकार संघका उपाध्यक्ष एमबी आस्थामगर, उपमहासचिव रुद्र श्रीषमगर र नेपाल मगर संघका उपाध्यक्ष हर्क आलेमगरलगायतले उनीहरूलाई सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य राजकुमारी भुजेलले आदिवासी जनजाति समुदाय संस्कार र संस्कृतिमा धनी रहेको बताइन् । भाषा, संस्कार र संस्कृति हराए समुदायको अस्तित्व नै खतरामा पर्ने उनको भनाइ थियो ।

सम्मानित पत्रकार मीनाकुमारी थापामगरले प्राप्त सम्मानलाई मगर भाषा तथा संस्कृतिको क्षेत्रमा आफूले पुर्‍याएको योगदानको कदरका रूपमा लिएको बताइन्। पोखरा २१ का वडा सदस्य कृष्णबहादुर रानामगरले मगर समुदायका व्यक्तिहरू आफ्नै समुदायगत कार्यक्रममा समेत सहभागी नहुनु दुःखद विषय भएको बताए ।

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय भाषिक उपाध्यक्ष हर्क आलेमगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्थामगर, केन्द्रीय उपमहासचिव रुद्रबहादुर श्रीषमगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष धनबहादुर गुरुङ ‘सुमन’, ठूलीस्वाँरा उज्ज्वल तथा सामाजिक सेवा आमा समूहकी अध्यक्ष रोशनी रानामगर र ठूलीस्वाँरा टोल विकास समितिका अध्यक्ष नरबहादुर रानामगरलगायतले मातृभाषाको संरक्षणमा जोड दिएका थिए ।

यसअघि उक्त सम्मानबाट पत्रकारद्वय हर्क आलेमगर र खेम सारुमगर सम्मानित भइसकेका छन् । नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापामगरको अध्यक्षतामा भएको कार्यक्रम संस्थाकी सदस्य गीता रानामगरले सञ्चालन गरेकी थिइन् ।

२ भाद्र २०८३, मंगलवार २२:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा