पोखरा, माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाण्डेलाई नियुक्त गरिएको छ। नवनियुक्त नायब कार्यकारी अधिकृत पाण्डेले यहि साउन २९ गते शुक्रबारदेखि पदभार ग्रहण गरेको बैंकले जनाएको छ ।
बैंकिङ क्षेत्रमा करिब २५ वर्षको अनुभव संगालेका पाण्डेले यस अगाडी ग्लोबल आइएमई बैंक,साविकको जनताबैंक, लक्ष्मीबैंक र कुमारी बैंक लगायतका बिभिन्न संस्थामा रहेर महत्वपूर्ण जिम्मेवारी निर्बाह गरिसकेका छन ।
बेंगलोर विश्वविद्यालयबाट वित्त विषयमा स्नातकोत्तर तहमा प्रथम श्रेणी साथै अलिगढ मुस्लिम विश्वविद्यालयबाट बि – टेक उपाधि हासिल गरेका नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेसंग योजना तथा कार्यान्वयन, कर्पोरेट तथा पूर्वाधार, एसएमई तथा रिटेल बैंकिङ, व्यवसाय रूपान्तरण तथा डिजिटलाइजेसन, जोखिम व्यवस्थापन, ट्रेड फाइनान्स समग्र बैंकिङ क्षेत्रको गहिरो अनुभव छ।
त्यसैगरी, मर्जर, एक्विजिसन तथा एकीकरण, वित्तीय विश्लेषण तथा उत्पादन, दिगो तथा हरित बैंकिङ लगायतका क्षेत्रमा समेत उनमा राम्रो अनुभव रहेको बैंकले जनाएको छ । नेतृत्व क्षमता तथा नतिजामुखी कार्यशैलीका लागि परिचित पाण्डेको नियुक्तीसंगै माछापुच्छ्रे बैंकले लामो बैंकिङ अनुभव, तथा वित्तीय विशेषज्ञताबाट बैंकको व्यवसाय विस्तार, सेवाप्रवाहमा सुधार र रणनीतिक लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ।















