Play

पोउबासंघमा आचार्य नेतृत्वको प्यानल निश्चित, औपचारिक घोषणाको तयारी

गुरुकुल खबर


पोखरा, पोखराको जेठो संस्था पोखरा उधोग बाणिज्य संघको आसन्न ७२औँ वार्षिक साधारणसभा तथा ३६औँ महाधिवेशनको मिति नजिकिंदै गर्दा कार्यसमितिको बिभिन्न पदमा उमेदवारी घोषणा गर्ने क्रम शुरु भएको छ । आगामी भदौ २० र २१ गते हुने महाधिबेशनको लागि उमेदवारी दर्ता आगामी शुक्रबार हुने भएपनि बिभिन्न पदमा उमेदवारी दिनेहरुको चर्चा र बहस भैरहेको छ ।

पोखरा उधोग बाणिज्य संघको अध्यक्ष पदमा संघका बर्तमान बरिष्ठ उपाध्यक्ष उत्तममान बुद्दाचार्य, उपाध्यक्ष बलराम आचार्य, महासचिब शोभा गौतम र संघका पुर्व महासचिब एबम यस अगाडिका दुइवटा महाधिबेशनमा अध्यक्षका प्रत्याशी अर्जुन पोखरेल गरि चारजनाले उमेदवारी दिने चर्चा चलेको भएपनि पदाधिकारीहरुको प्यानल सहित आंफ्नो उमेदवारी घोषणा गर्ने तयारीमा आचार्य पुगेका छन । पोखरेलले पनि शुक्रबार आंफ्नो सामाजिक संजाल फेसबुकबाट अध्यक्ष पदको उमेदवारी सार्बानिक गरेका छन ।

यसैक्रममा संघको कार्यसमितिको निर्बाचनको लागि हालका कार्यसमितिका उपाध्यक्ष बलराम आचार्यको नेतृत्वमा प्यानाल बनाएर चुनाबी मैदानमा उत्रिने सहमती भएको छ । श्रोतका अनुसार शुक्रबार साँझ आचार्य नेतृत्वको प्यानलका पदाधिकारीहरुको नाम टुंगिएको र कार्य समितिका सदस्यहरुको नाममा अन्तिम निर्णय गर्न बाँकी रहेको बुझिएको छ।

आचार्यको प्यानलमा बरिष्ठ उपाध्यक्षमा दिनेश बाँस्तोला, उधोग तर्फको उपाध्यक्षमा ललित बहादुर कुँवर, बाणिज्य तर्फको उपाध्यक्षमा मनोज कुमार श्रेष्ठ रहने भएका छन । आचार्यसंगै बाँस्तोला, कुँवर र श्रेष्ठ यस अगाडिको अधिबेशनमा एकै प्यानलबाट निर्बाचित भएका थिए।अध्यक्षका उमेदवार आचार्य यस अगाडी दुई कार्यकाल सदस्य, एक कार्यकाल कोषाध्यक्ष, एक कार्यकाल महासचिब र हाल उपाध्यक्षको जिम्मेवारीमा छन ।

यसैगरी आचार्यको प्यानलबाट बरिष्ठ उपाध्यक्ष चुनाब लड्ने निर्णय गरेका बाँस्तोला हालका उपाध्यक्ष हुन भने उधोग तर्फका उपाध्यक्ष ललितबहादुर कुँवर अघिल्लो महाधिबेशनमा सबैभन्दा बढी मत पाएर कार्यसमितिमा निर्बाचित सदस्य हुन। यसैगरी बाणिज्य तर्फको उपाध्यक्षका उमेदवार मनोज श्रेष्ठ बर्तमान कोषाध्यक्ष रहेका छन।

आचार्यको प्यानलको महासचिबमा सुदिप प्रधानांग, उपमहासचिबमा प्रदिप राजभण्डारी र कोषाध्यक्षमा देबेन्सन प्रजु रहने निश्चित भएको बताइएको छ। महासचिबका उमेदवार प्रधानांग हालका उपमहसचिब हुन । उपमहासचिब र कोषाध्यक्षको उमेदवार बन्दै गरेका प्रदिप र देबेन्सन दुबैजना बर्तमान कार्यसमितिको सदस्य हुन ।

आचार्यको प्यानल निश्चित गर्नको लागि शुक्रबार पोखराको महेन्द्रपुल नजिक एक रेस्टुरेन्टमा बसेको भेलामा संघका पुर्व अध्यक्षहरु बसन्त उदास, कृष्णमोहन श्रेष्ठ, दिपक श्रेष्ठ, सन्जिबबहादुर कोइराला, नारायण कोइराला, बिन्दुकुमार थापा र पवन प्रजापती लगायतको सहभागिता रहेको बुझिएको छ।

भेलामा अध्यक्षका उमेदवार आचार्यसहित प्यानलमा परेका पदाधिकारीका उमेदवारहरुको समेत सघभागिता रहेको बुझिएको छ आचार्य प्यानलले सम्भवत आज शनिबार सम्ममा कार्यसमितिका सदस्यका उमेदवारहरु सहितको पूर्ण प्यानल सार्बजनिक गर्ने तयारी गरेको बताइएको छ ।

अध्यक्षका उमेदवार आचार्यले यस अगाडिको अधिबेशनमा बरिष्ठ उपाध्यक्ष दाबी गरेको भएपनि उक्त पदमा उत्तममान बुद्धाचार्यको समेत दाबी परेपछि संघका केहि पुर्व अध्यक्षहरुको रोहवरमा बुद्धाचार्यलाई बरिष्ठ उपाध्यक्षको उमेदवार र आचार्यलाई उपाध्यक्षको उमेदवार बनाउने सहमति जुटेको थियो। उक्त सहमती अनुसार आचार्यलाई यस पटक अध्यक्षको उमेदवार बनाउने उल्लेख गरिएको कारण पनि आचार्यको प्यानल बलियो देखिने अपेक्षा कतिपयले गरेका छन ।

३० श्रावण २०८३, शनिबार ०८:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा