Play

पोखरा उधोग बाणिज्य संघको उधोग उपाध्यक्षमा ललित कुँवरको उमेदवारी घोषणा

गुरुकुल खबर


पोखरा, पोखरा उद्योग वाणिज्य संघको ७२औँ वार्षिक साधारणसभा तथा ३६औँ महाधिवेशनको मिति नजिकिंदै गर्दा संघको कार्यसमितिको बिभिन्न पदमा उमेदवारी घोषणा गर्ने क्रम शुरु भएको छ । यसै क्रममा संघको कार्यसमितिमा रहेर काम गरिसकेका ललित कुँवरले कार्य समितिको उपाध्यक्ष (उधोग) तर्फ उमेदवारी दिने घोषणा गरेका छन्। पोउबासंघको अधिबेशन आगामी भदौ २० र २१ गते पोखरामा हुँदैछ र यसका लागि उमेदवारी दर्ता आगामी शुक्रबार हुने बताइएको छ ।

हाल पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा सदस्य रहेका कुँवरले संघभित्र विभिन्न जिम्मेवारी लिएर काम गरिसकेका छन। उनले पवन प्रजापती नेतृत्वमा रहेको यस अगाडिको कार्यसमितिको समयमा राष्ट्रिय औधोगिक ब्यापार मेलाको सांस्कृतिक समितिमा रहेर पनि काम गरेका थिए । पोखराको जेठो र निजि क्षेत्रको छाता संस्थाको रुपमा रहेको पोखरा उधोग बाणिज्य संघमा आंफुले आर्जन गरेको अनुभवलाई संघको महत्वपुर्ण जिम्मेवारीमा रहेर प्रभावकारी ढंगले काम गर्ने लक्षका साथ उपाध्यक्ष पदमा उमेदवारी दिने बताएका छन। संघमा बरिष्ठ उपाध्यक्षको साथै उधोग र बाणिज्य तर्फ गरेर १/१ जना उपाध्यक्ष रहने ब्यबस्था विधानमा गरिएको छ।

पोउबासंघको संस्थागत विकासको साथै उधोगी ब्यबसायीहरुको हित र व्यवसायमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रका साझा मुद्दालाई प्राथमिकताका साथ अघि बढाउन आँफु निरन्तर प्रतिबद्द रहने कुँवरको भनाई छ। ‘साना लगानी र स्वरोजगार उधोगी ब्यबसायीहरु सहित लामो समयदेखि उधोग संचालन गर्दै आएकाहरुको संरक्षण, नयाँ अनि युवा उधमीहरुलाई प्रोत्साहन गर्नुपर्ने अहिलेको आबश्यकता हो। यसको लागि मैले संस्थागत एबम व्यक्तिगत किसिमले पहल गर्नेछु।’ उधोग तर्फका उपाध्यक्ष पदमा उमेदवारी घोषणा गरेका कुँवरले गुरुकुल खबरसंग भने,

अब्यबहारिक ढंगले करको दर वृद्धि गर्ने र उधोगी ब्यबसायीहरुलाई बिभिन्न बहानामा धम्काउने, जरिवाना लगाउने सरकारी कार्यशैलीले कतिपय उधोगी ब्यबसायीले आर्थिक र मानसिक दवाब भोग्नुपरेको अबस्थामा निजि क्षेत्रको हितको लागि आबश्यक समन्वय र पहल गर्न निरन्तर सक्रिय रहने प्रतिबद्दता समेत उनले ब्यक्त गरे ।

पोखरा पर्यटकीय राजधानी भएकोले पोखरामा राष्ट्रिय र अन्तराष्ट्रियस्तरबाट लगानी भित्र्याउनसके पोखराको आर्थिक विकासले गति लिने भएकोले त्यसका लागि आबश्यक नीति नियम र पूर्वाधार निर्माण गर्न संघको तर्फबाट निरन्तर पहल गर्नको लागि पनि आंफुले उधोग तर्फको उपाध्यक्ष पदमा उमेदवारी दिने निर्णय गरेको उनले बताए। ‘बाह्यलगानी भित्र्याउन सकेमा रोजगारी सिर्जना हुने र आर्थिक गतिबिधि पनि चलायमान हुने भएकोले पर्यटन र उधोग क्षेत्रमा लगानी गर्ने बाताबरण तयार गर्नुपर्ने खाँचो छ, यस तर्फ हामी सबैको ध्यान जानु आबश्यक छ।’

२०५७ मा महेन्द्रपुलमा इलेक्ट्रोनिक्स ब्यबसाय शुरुवात गरेर ब्यबसायिक क्षेत्रमा प्रवेश गरेका कुँवरले एक दशक देखि लालुपाते कृषि फर्म पनि संचालन गर्दै आएका छन। यसका साथै खाधान्न सामग्रीसंग सम्बन्धित आभाष ट्रेडर्सको नाममा पनि उनले व्यापार गरिरहेको बताएका छन। उनले पोखराको लेकसाइडमा पर्यटकीय स्तरको होटल लुना /गोवा प्यालेस समेत संचालन गरिरहेका छन।

उनि ब्यबसायिक संघ संस्थाका अतिरिक्त बिभिन्न सामाजिक संघ संस्थामा समेत आबद्ध छन । अघिल्लो अधिबेशनमा सर्बाधिक मत पाएको कारण यस पटकको निर्बाचनमा पनि आँफु धेरै ब्यबसायी वा मतदाताको रोजाईमा पर्ने उनको बिश्वास छ । यस अगाडिको अधिबेशनमा भएको मतदानमा कार्यसमितिका सदस्यहरु मध्ये कुँवरले सबै भन्दा बढी मत पाएका थिए ।

हेर्नुहोस थप समाचार ..

पोउबासंघमा सर्बाधिक मत पाउने कुँवरलाई अरुले भने ‘मेन अफ दी इलेक्सन’

२९ श्रावण २०८३, शुक्रबार १४:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा