पोखरा, पोखरा उद्योग वाणिज्य संघको ७२औँ वार्षिक साधारणसभा तथा ३६औँ महाधिवेशनको मिति नजिकिंदै गर्दा संघको कार्यसमितिको बिभिन्न पदमा उमेदवारी घोषणा गर्ने क्रम शुरु भएको छ । यसै क्रममा संघको कार्यसमितिको बर्तमान सदस्य मनोहरि पौडेलले पनि कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
आगामी भदौ २० र २१ गते हुने महाधिवेशनमा सदस्य पदको लागि उमेदवारी घोषणा गर्दै पौडेलले आफू निर्वाचित भए संघको संस्थागत सुदृढीकरण, उद्योगी,व्यवसायीको हकहितको संरक्षण तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि इमानदारीपूर्वक प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।
हाल पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा मनोनित सदस्यको रुपमा रहेका पौडेलले संघभित्र विभिन्न जिम्मेवारी लिएर काम गर्ने क्रममा संघद्वारा आयोजित औद्योगिक व्यापार मेलामा प्रचार–प्रसार संयोजक रहेर मेलाको प्रचार–प्रसारलाई प्रभावकारी बनाउन योगदान दिएका थिए।
पौडेलले संघमा आर्जन गरेको अनुभव, व्यवसायिक नेतृत्व, सामाजिक सक्रियता तथा संस्थागत कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित खुल्ला कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएको बताएका छन्। आँफु निर्वाचित भएमा उद्योगी–व्यवसायीको हकहित संरक्षण, संघको संस्थागत विकास, व्यवसायमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रका साझा मुद्दालाई प्राथमिकताका साथ अघि बढाउन आंफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
व्यवसाय, सामाजिक सेवा, धार्मिक तथा सञ्चार क्षेत्रमा हासिल गरेको अनुभवलाई संघको संस्थागत विकास, उद्योगी,व्यवसायीका साझा मुद्दाको प्रभावकारी पैरवी र निजी क्षेत्रको सशक्तीकरणमा उपयोग गर्ने उद्देश्यसहित आफू निर्वाचनमा होमिएको पौडेलले बताएका छन्।
पौडेल बुद्ध विशाल बजारस्थित टुइन्स कलेक्सनका सञ्चालक समेत रहेका उनी बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको उपाध्यक्षको जिम्मेवारीमा समेत रहेका छन । पौडेल त्रिलोकेश्वर शिव मन्दिर सेवा समिति, पोखरा – २८ का अध्यक्ष, शितल ज्योति युवा क्लब, पोखरा – १२ का सल्लाहकार तथा सुर्केमैदान सिर्जनशील क्लब, पोखरा २८- का संस्थापक अध्यक्ष समेत हुन ।
पौडेल पोखरा उधोग वाणिज्य संघका विभिन वस्तुगत संघमा प्रेस सल्लाहकारको रूपमा कार्यरत छन् । उनी नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश परिषद सदस्य तथा नेपालय नेटवर्क डटकमका कार्यकारी सम्पादक समेत हुन।
















