Play

राप्रपा नेपालका १६ केन्द्रीय पदाधिकारीको मनोनयन

गुरुकुल खबर


काठमाडौं, फागुन १८ गते। कमल थापाले राप्रपा नेपालका १६ केन्द्रीय पदाधिकारीको मनोनयन गर्नुभएको छ। बुधबार अध्यक्ष थापाले पार्टी विधान अनुसार ६ उपाध्यक्ष, चार महामन्त्री र ६ जना सहायक महामन्त्री मनोनयन गर्नुभएको हो।

पार्टी प्रवक्ता सुरेश आचार्यका अनुसार राजीव पराजुली, उद्धव पौडेल, जयकुमार खड्का, राजेन्द्रकुमार वीर राय, विष्णु भण्डारी र लाक्पा तामाङ उपाध्यक्ष बन्नुभएको छ।

त्यसैगरी भाष्कर भद्रा, सुशील श्रेष्ठ, इन्द्र चित्रकार, राजाराम बर्तौला महामन्त्री बन्नुभएको छ भने हरिकृष्ण श्रेष्ठ, धरम गुरुङ, अम्बिकाप्रसाद ढकाल, शिवकुमार बास्तोला, ममता राई र शशिरञ्जन यादव सहायक महामन्त्री बन्नुभएको छ।

फागुन ७ गते राप्रपा नेपाल पार्टी घोषणा गर्नुभएका थापाले पार्टीको कार्यसमिति चयन गर्नुभएको हो।

१८ फाल्गुन २०७८, बुधबार १७:०२ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा