Play

ठुलो परिमाणमा लागुऔषधसहित उत्तरप्रदेशबाट आएका पांच भारतीय नागरिक पक्राउ

गुरुकुल खबर


पोखरा, कास्कीको पोखरा महानगरपालिका – ३२ मझुवा भन्ने स्थानमा लागुऔषध ओसारपसार भईरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले यहि असार २८ गते राति ठुलो परिमाणमा लागुऔषध सहित पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण व्यूरो पोखराको साथै इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्दा
पृथ्वीराजमार्ग हुँदै पोखरा आउँदै गरेको युपी ५३ ईवाई ७७०४ नम्बरको कारको विभिन्न भागमा लुकाइ छिपाइ राखेको लागुऔषध बरामद गरेको हो।

बरामद गरिएको लागु औषधमा डाईजापाम ६०० एम्पुल, फेनरागन ६४८ एम्पुल, बुप्रिनुर्फिन ६०० एम्पुल गरी जम्मा १,८४८ एम्पुल,  नाईट्रोभ्याट ट्याव्लेट ३० चक्की, ट्यापेन्टाडोल ट्याव्लेट १०० चक्की, ट्रामाडोल ३८० चक्की र मोबाइल ५ थान समेत वरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका पांच जनालाई कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरि अनुसन्धान शुरु गरिएको कास्की प्रहरीका सुचना अधिकारी बिरेन्द्र कुमार पासवानले गुरुकुल खबरलाई जानकारी दिए।

पक्राउ पर्नेहरुमा भारतको उत्तर प्रदेश सरदारनगर गोरखपुर बस्ने बस्ने बर्ष २७ को विकाश कुमार, फोराबार सुबाबजार गोरखपुर बस्ने बर्ष २९ को आशिष कुमार, अराजी वसाडिला कुसमही बजार गोरखपुर बस्ने बर्ष २९ को अभय कुमार मिश्रा, कुसुमी बजार गोरखपुर बस्ने बर्ष ३३ को पृतम कुमार र नन्दनगर बरगहिता कुडाघाट खोराभार गोरखपुर बस्ने बर्ष २५ को अबिशेक कुमार रहेको बताइएको छ ।

२९ असार २०८३, सोमबार १८:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा