Play

पोखरा फाइनान्सको चुक्ता पुँजी र शाखा बिस्तार : करिब दुई अर्बको चुक्ता पुँजी र ३६ वटा शाखाबाट सेवा

गुरुकुल खबर


पोखरा, गत शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेका पोखरा फाइनान्स लिमिटेडको चुक्ता पुँजी १ अर्ब ९० करोड १४ लाख ६८ हजार रुपैयाँ पुगेको छ । यसअघि पोखरा फाइनान्सको चुक्ता पुँजी १ अर्ब ८ करोड २५ लाख ५६ हजार र समृद्धि फाइनान्सको चुक्ता पुँजी ८१ करोड ८९ लाख ११ हजार रुपैयाँ रहेकोमा दुवै संस्थाको मर्जरपछि फाइनान्सको पुँजीसँगै व्यवसायको आकार र सञ्जाल पनि विस्तार भएको छ । । मर्जर प्रक्रिया पुरा भएपछि यहि असार २६ गतेबाट दुवै संस्थाको कारोबार ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट सञ्चालन हुन थालेको हो । यी दुवै वित्तीय संस्था १ः१ को सेयर स्वाप अनुपातमा एकआपसमा गाभिएका हुन् ।

मर्जर पछि फाइनान्सको शुक्रबार बिहान बसेको बैठकले नयाँ संचालक समिति गठन गरेको हो । नयाँ समितिको अध्यक्षमा अजय कुमार मिश्र चयन भएका छन् भने सात सदस्यीय संचालक समितिमा पहिलेको समृद्धि फाइनान्सको तर्फबाट मिश्रसँगै दुर्गा थापा, दिनेश कुमार बर्तौला र सुदिप घिमिरे तथा पहिलेको पोखरा फाइनान्सका तर्फबाट प्रतिक गुरुङ, यम बहादुर सुर्खाली र तिल बहादुर गुरुङ सञ्चालक समितिको सदस्य बनेका छन् । समितिमा दिनेश कुमार बर्तौलाले पद्मोदय प्रालीको प्रतिनिधित्व गरेका छन् ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश गुरुङ नियुक्त भएका छन् । गुरुङ यस अगाडी पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए  यस्तै संस्थाको कम्पनी सचिवको जिम्मेवारी विनोदराज पौडेलले पाएका छन् । पौडेल हाल पोखरा फाइनान्समा नायब महाप्रबन्धक पदमा कार्यरत छन् । उनलाई साविकको पदसँगै सचिवको थप जिम्मेवारी दिइएको हो । सञ्चालक समिति गठन र सचिव नियुक्तिको जानकारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से), धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रारको कार्यालय लगायतका नियामक निकायलाई जानकारी दिईसकिएको बताइएको छ।

एकीकृत कारोबारसँगै कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको पुतलीसडकमा साविकको समृद्धि फाइनान्सको कार्यालयमा रहनेछ । मर्जरपछि फाइनान्सको शाखा सञ्जाल ३६ पुगेको छ । संस्थामा कार्यरत कर्मचारीको संख्या करिब तीनसय पुगेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पाएको यस संस्थाले अब देशभरका शाखाबाट एकीकृत सेवा दिनेछ । मर्जरपछि संस्थाको वित्तीय अवस्था थप सुदृढ हुने विश्वास ब्यक्त गर्दै कम्पनीका सिईओ प्रकाश गुरुङले ‘यसबाट सेवाग्राहीलाई थप परिष्कृत र आधुनिक बैंकिङ सेवा प्रदान गर्न सहजबिश्वास ब्यक्त गरे।

सम्बन्धित समाचार ..

पोखरा र समृद्धि फाइनान्सको मर्जर: पोखरा फाईनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु

२९ असार २०८३, सोमबार १०:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा