Play

पोखरा र समृद्धि फाइनान्सको मर्जर: पोखरा फाईनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु

गुरुकुल खबर


पोखरा, पोखराको पुरानो वित्तीय संस्था पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेडबीचको मर्जर प्रक्रिया सम्पन्न भएको छ। मर्जर प्रक्रिया पुरा भएसंगै दुवै फाइनान्सको एकीकृत कारोबार ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट औपचारिक रूपमा सुरु भएको हो। शुक्रबार देखि शुरु भएको एकीकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक रामु पौडेल र वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक वित थापाले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रममा पोखरा फाइनान्स लिमिटेडका निवर्तमान अध्यक्ष राजकुमार गुरुङले वित्तीय क्षेत्रमा मर्जरको आवश्यकता, औचित्य र यसले संस्थागत सुदृढीकरणमा पुर्‍याउने योगदानबारे प्रकाश पारेका थिए। उक्त अबसरमा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादव, नेपाल वित्तीय संस्था संघका उपाध्यक्ष रजोजमान श्रेष्ठ, डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठ, नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला तथा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले मर्जर सफलतापूर्वक सम्पन्न भएकोमा दुवै संस्थालाई बधाई तथा शुभकामना दिएका थिए।

प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका प्रतिनिधि द्वय रामु पौडेल र वित थापाले वित्तीय संस्थाहरूको सुदृढीकरणका लागि मर्जर तथा प्राप्तिजस्ता कदमलाई नेपाल राष्ट्र बैंकले निरन्तर प्रोत्साहन गर्ने बताउँदै आगामी दिनमा पनि आवश्यक सहयोग र मार्गनिर्देशन प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा अध्यक्ष अजयकुमार मिश्रले मर्जरपछि संस्था आकार, क्षमता र सेवा विस्तारका हिसाबले अझ सशक्त बनेको उल्लेख गर्दै सुशासन, पारदर्शिता र गुणस्तरीय वित्तीय सेवा प्रवाहमार्फत बलियो वित्तीय संस्थाका रूपमा स्थापित हुने प्रतिबद्धता व्यक्त गरे। उनले मर्जर प्रक्रिया सफल बनाउन सहयोग गर्ने नियामक निकाय, सञ्चालक, कर्मचारी, सेयरधनी तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद समेत ज्ञापन गरे।

मर्जरसँगै एकीकृत संस्थाले आफ्नो पुँजी आधार, सेवा सञ्जाल, वित्तीय क्षमता र ग्राहक सेवाको गुणस्तर थप सुदृढ बनाउँदै प्रतिस्पर्धी वित्तीय संस्थाका रूपमा अघि बढ्ने बिश्वास संस्थाले लिएको पोखरा फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले गुरुकुल खबरलाई जानकारी दिए ।

२६ असार २०८३, शुक्रबार १७:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा