Play

वीर अस्पतालमा उपचार गरिरहेका उधोगी एबम ब्यबसायी अश्विन राउतले किन गरे आत्मदाहको प्रयास ?

गुरुकुल खबर


काठमाडौँ, काठमाडौं महानगरपालिका–१० बुद्धनगर निवासी ४५ वर्षीय उद्योगी तथा व्यवसायी अश्विन राउतले शनिबार बिहान आत्मदाहको प्रयास गरेका छन्। गम्भीर रूपमा घाइते भएका उनको हाल वीर अस्पतालमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार राउतको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ। घटनापछि स्थानीय र सुरक्षाकर्मीको सहयोगमा तत्काल उद्धार गरी उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याइएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रारम्भिक अनुसन्धानमा पारिवारिक विवादपछि आफ्नै घरको भान्सामा उनले शरीरमा आगो लगाएको देखिएको छ। घटनाका सबै पक्षबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पारिवारिक तथा निकट स्रोतका अनुसार राउतले मकवानपुरको हेटौंडामा ग्याबिन उद्योग सञ्चालन गर्दै आएका थिए। उनी निर्माण सामग्री उत्पादनसँगै घरायसी विद्युतीय सामग्री आयात–व्यवसायमा पनि सक्रिय थिए।

स्रोतका अनुसार पछिल्ला केही महिनादेखि व्यवसायमा बढ्दो आर्थिक दबाबका कारण उनी मानसिक तनावमा रहेको बताइएको छ। आर्थिक चुनौतीसँगै स्वास्थ्यसम्बन्धी समस्या पनि देखिएको र केही महिनाअघि उपचारका लागि भारत गएर उपचारपछि नेपाल फर्किएको जानकारी प्राप्त भएको छ। प्रहरीका अनुसार घटनाको तत्कालीन कारण पारिवारिक विवाद देखिए पनि यसको पृष्ठभूमिमा लामो समयदेखिको आर्थिक दबाब र स्वास्थ्यसम्बन्धी अवस्थाले समेत प्रभाव पारेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

२७ असार २०८३, शनिबार १४:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा