Play

आत्मदाहको कारण मृत्यु भएका गणेश नेपालीको परिवारलाई काठमाडौँ महानगरले सहयोग गर्ने

गुरुकुल खबर


काठमाडौं, काठमाडौं महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीको परिवारलाई सहयोग गर्ने भएको छ । महानगरका प्रवक्ता, नविन मानन्धरले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति महानगर परिवार स्तब्ध भएको र महानगरले आत्मदह गरेका नेपालीको परिवारलाई मानवीय सहयोग उपलब्ध गराउने जनाएको छ ।

यस्तै, नेपालीको परिवारका सदस्यलाई रोजगारीको अवसर र उनका सन्ततिलाई निःशुल्क शिक्षा दिने सम्बन्धमा कार्यपालिकाको आगामी बैठकबाट विधिसम्मत रूपमा निर्णय गरिने प्रवक्ता मानन्धरले बताए ।

प्रवक्ता मानन्धरले उक्त घटनाको निष्पक्ष छानबिनका लागि नेपाल सरकार, गृह मन्त्रालयले छानबिन समिति गठन गरेको जानकारी प्राप्त भएको र उक्त समितिलाई महानगरले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । छानबिनबाट प्राप्त हुने सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदम चाल्ने पनि महानगरले स्पष्ट पारेको छ ।

मुगु जिल्ला घर भई हाल भक्तपुर बस्ने नेपालीले असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए ।उपचारका क्रममा नेपालीको निधन भएको थियो । महानगरले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन नेपाल सरकारसँगको समन्वय र सहकार्यमा समाधानका उपाय पहिचान गर्न तथा असल अभ्यास विकास गरी कार्यान्वयन गर्न तयार रहेको जनाएको छ ।

२७ असार २०८३, शनिबार ०५:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा