Play

पत्रकार विश्वराज, जयन्तीकला र सन्तोषीकला तामांगलाई मातृशोक

गुरुकुल खबर


उदयपुर, उदयपुरका क्रियाशील पत्रकार विश्वराज तामांग सहित पत्रकारितामा क्रियाशील जयन्तीकला तामाग र सन्तोषीकला तामांगलाई मातृशोक परेको छ। पत्रकार तामांगकी आमा चिनिमाया तामाङको ६९ वर्षको उमेरमा असार १६ गते निधन भएको हो । उनि केहि समयदेखि गम्भीर बिरामी परेकोले उदयपुरको साथै काठमाडौँमा पनि लामो समय राखेर उपचार गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको बताइएको छ ।

स्व. चिनीमाया तामांगका छोरा विश्वराज तामांग नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनका समेत उपाध्यक्ष हुन। उनि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रिय उपाध्यक्षको जिम्मेवारीमा पनि छन। उदयपुरमा रहेर पत्रकारितामा नै सक्रिय विश्वराजले त्रियुगा दैनिक पत्रिका र एफएमसमेत संचालन गर्दै आएका छन ।

यसैगरी स्व. चिनीमायाका दुई छोरीहरुमध्ये जयन्तीकला तामांग नेपाल प्रेस युनियनको कोशी प्रदेशको उपाध्यक्ष हुन् भने अर्की छोरी सन्तोषीकला तामाङ हाल तामाङ पत्रकार संघको केन्द्रीय सदस्य रहेकी छन। जयन्तीकला र सन्तोषीकला पत्रकारिता बाहेक अन्य क्षेत्रमा पनि सक्रिय रहँदै आएकाछन। यसैगरी स्व. तामांगकी बुहारी सम्झना कुमारी तामांग स्थानीय रामजानकी माबि मोतिगडामा कार्यरत स्टाफ नर्सको रुपमा कार्यरत छन ।

यसैबीच नेपाल पत्रकार महासंघका महासचिब रामप्रसाद दाहालको नामबाट जारी शोक बिज्ञप्तिमा महासंघको उदयपुर शाखाका उपाध्यक्ष विश्वराज, महसंघको राष्ट्रिय परिषद सदस्य जयन्तीकला र महासंघकी सदस्य सन्तोषीकला तामांगकी आमा चिनीमायाको निधनप्रति दुख व्यक्त गर्दै परिवारजनमा समबेदना प्रकट गरिएको छ। यसैगरी नेपाल प्रेस युनियनका महासचिब दिलिप पौडेलको नामबाट जारी शोक बिज्ञप्तिमा युनियनका उदयपुर जिल्ला उपाध्यक्ष विश्वराज र कोशी प्रदेश उपाध्यक्ष जयन्तीकला र सदस्य सन्तोषीकलाकी आमाको निधन प्रति दुख प्रकट गर्दै परिवारजनमा समबेदना प्रकट गरिएको छ ।

नेपाल जनजाती पत्रकार महासंघ लगायत बिभिन्न संघ संस्थाले पनि शोक बिज्ञप्ती जारी गरेको छन भने उदयपुरस्थित तामांगको निवासमा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुसहित शुभचिन्तक र आफन्तहरु स्व. चिनीमाया प्रति श्रद्दान्जली अर्पण गर्न र तामांग परिवारमा समबेदना प्रकट गर्न पुग्ने क्रम जारी छ ।

२४ असार २०८३, बुधबार १७:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा