Play

पोखराको बुलौदीमा मोटरसाइकल दुर्घटना: बाघमाराका बिवसको मृत्यु, सिन्धुलीकी रबिना गम्भीर घाइते

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा न. ६ र ७ को बिचमा पर्ने बुलौदी खोलाको ओरालोमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृ त्यु भएको छ भने एक युवती गम्भीर घाइते भएकी छन्। राति करिब ११ः२० बजे लेकसाइडको हल्लनचोकबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको ग ९ प ९४२५ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका–३३ बागमाराका २३ वर्षीय बिबस मल्ल ठकुरीको मृत्यु भएको छ । टाउको र छातीमा चोट लागेका उनको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा चिकित्सकले मृत घोषणा गरेका थिए।

मोटरसाइकलको पछाडि सवार सिन्धुली कमलामाई नगरपालिका–९ घर भई हाल काठमाडौं मुलपानी बस्दै आएकी १७ वर्षीया रबिना ढुङ्गेल गम्भीर घाइते भएकी छन्। उनको टाउको र अनुहारमा चोट लागेको छ । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि वडा प्रहरी कार्यालय बैदाम र अस्थायी ट्राफिक प्रहरी पोस्ट बैदामबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उक्त स्थानमा धेरै सवारी दुर्घटना हुन थालेपछि सरोकारवालाहरुले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन ।

११ असार २०८३, बिहीबार ०८:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा