पोखरा, पोखराको फेवातालमा मानिसहरु बिभिन्न कारणले दुर्घटनामा पर्ने क्रम निकै बढेको छ। केहि मानिसहरु तालमा डुंगा खेल्ने क्रममा त केहि हावाहुरीको कारण तालमा छाल आएर डुंगा दुर्घटनामा डुब्ने गरेको छन। केहि भने माछा मार्ने क्रममा समेत डुबेका उदाहरण छन। यसरि तालमा डुब्दा वा दुर्घटना हुँदा उनीहरुको उद्वार गर्ने क्रम पनि बढेको छ। सशस्त्र प्रहरी बलको रेस्क्यु टोलीले फेवातालमा बिभिन्न कारणले डुबेका धेरैको उद्वार गर्न पनि सफल भएको छ ।
यस क्रममा मंगलवार साँझ तालमा डुबेका दुई जनामध्ये एकजनालाई जीवित र अर्कोलाई मृत अबस्थामा सशस्त्र प्रहरीले उद्वार गरेको छ। मंगलवार साँझ ५ बजेतिर माछा मार्ने क्रममा खपौदी नजिक अचानक तालमा डुबेका ३४ वर्षीय शंकर नेपालीलाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको थियो उनको बुधबार साँझ ७ बजेतिर मृत्यु भएको बुझिएको छ मंगलवार साँझ ७ बजेतिर लेकसाइड नजिक पौडी खेल्ने क्रममा डुबेका १९ बर्षीय अमर थापालाई सशस्त्र प्रहरीले मृत अबस्थामा फेला पारेको थियो ।
जीवित उद्वार गरिएका शंकर नेपाली पोखरा महानगरपालिका- ९ का बासिन्दा हुन। उनि तालमा डुबेर बेपत्ता भएको जानकारी पाउनासाथ फेवा वाच एन्ड रेस्क्यु टावरमा खटिएको टोली तत्कालै खोजीमा जुटेको थियो । टोलीले साँझ ६ बजेर ५ मिनेटमा उनलाई फेला पारेको हो ।

उनलाई तालको करिब २० फिट गहिराइबाट अचेत अवस्थामा बाहिर निकालिएको सशस्त्र प्रहरीले जनाएको छ । अचेत अबस्थामा रहेका नेपालीलाई उपचारका लागि तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको कालिका गण मालेपाटनले जानकारी दिएको छ ।
यसैगरी पोखरा महानगरपालिका- १५ रामबजार बस्ने १९ वर्षीय अमर थापा क्षेत्री साँझ ७ बजेतिर पौडी खेल्ने क्रममा डुबेकोमा राति सवा ९ बजे तिर उनको शव निकालिएको थियो। घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बलको कालिका गण पोखराबाट गोताखोर सहितको टोली परिचालन गरिएको थियो ।
टोलीले तालमा खोजी गर्ने क्रममा करिब २५ फिट गहिराइबाट अमरको शव बाहिर निकालेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले यसबारे जानकारी दिएका छन ।
















