Play

पोखरामा भारतीय टायल कम्पनीको बिक्रि कक्ष शुरु, अधिकारी समेतको साढे चार करोडको लगानी

गुरुकुल खबर


पोखरा, पोखरामा एक दशक अगाडीबाट निर्माण सामग्रीहरुको ब्यबसाय संचालन गर्दै आएका मनोज अधिकारीसहितको समुहले अर्को नयाँ ब्यबसाय शुरु गरेको छ। अधिकारी सहितको समुहले पोखराको जिरो किलोमिटर नजिक पोखरा बाग्लुंग राजमार्गमा भारतीय मार्बल कम्पनि  निट्कोको नयाँ शोरुम अर्थात बिक्रि कक्ष संचालनमा ल्याएको छ।

संचालक मनोज अधिकारीका अनुसार करिब ४ करोड ५० लाख रुपैयाको लगानीमा उक्त बिक्रि कक्ष शुरु गरिएको  हो । मनोज अधिकारी, एकनारायण सुबेदी र डिल्लीराम पौडेलले बिगत ११ बर्षदेखी संचालन गरिरहेको ओमलक्ष्मी ट्रेडिंगले नै निट्को कम्पनीको बिक्रिकक्ष संचालनमा ल्याएको हो ।

भारतको पुरानो कम्पनीको रुपमा रहेको निट्को कम्पनीका बिभिन्न उत्पादन बिक्रि गर्नको लागी भारतमा ३ सय ८० वाट बिक्रि कक्ष रहेपनि नेपालमा यो दोश्रो बिक्रि कक्ष हो यस अगाडी काठमाडौँमा निट्को कम्पनीले आंफ्नो बिक्रि कक्ष संचालनमा ल्याइसकेको छ । उक्त कम्पनि भारतीय टायल तथा मार्बल कम्पनीहरुमध्ये गुणस्तरीय सामान उत्पादन गर्ने कम्पनीको रुपमा रहेको निट्को कम्पनीका महाप्रबन्धक धर्मेन्द्र कुमार ठाकुरले गुरुकुल खबरलाई जानकारी दिए।

निट्को कम्पनीको पोखरामा संचालनमा आएको नयाँ बिक्रि कक्षको उद्घाटन नेपाल उधोग बाणिज्य महासंघका सदस्य एबम पोखरा उधोग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बुधबार आयोजित एक कार्यक्रममा गरेका थिए । त्यस अबसरमा बोल्दै अध्यक्ष कार्कीले निट्को कम्पनीका उत्पादनहरु गुणस्तरीय र भरपर्दो रहेको जानकारी पाएको भन्दै पोखरामा मनोज अधिकारी सहितको समुहलाई साथमा लिएर निट्को कम्पनीले ब्यबसाय संचालनमा ल्याएकोमा खुसि प्रकट गरे। उनले निट्को कम्पनीले सहि व्यक्ति छनोट गरेर ब्यबसाय बिस्तार गरेको समेत बताए ।

निट्को कम्पनीका महाप्रबन्धक धर्मेन्द्र ठाकुरले आंफ्नो कम्पनीले बिगत ७० बर्षदेखी गुणस्तरीय मार्बल र टायलको बिक्रि वितरण गर्दै आएको र नेपालमा हालसम्म दुईवटा मात्र बिक्रिकक्ष संचालनमा रहेकोमा बिस्तारै अन्य स्थानमा संचालनमा ल्याइने बताए ।

कार्यक्रममा निट्को टायल कम्पनीका एरिया म्यानेजर उत्तम रिमाल, पोखरा हार्डवयर एसोसिअसनका सल्लाहकार एबम पुर्ब अध्यक्ष रामचन्द्र थापा, ओमलक्ष्मी इन्टरप्राइजेजका संचालक एकनारायण सुबेदी डिल्लीराम पौडेल र मनोज अधिकारी र अन्जना गिरिले  आआफ्नो भनाई राखेका थिए ।

  • तस्बिर तिर्थ केसी / गुरुकुल खबर

१० असार २०८३, बुधबार ११:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा