पोखरा, कास्कीको पोखरा महानगरपालिका वडा नं. १४ नयाँ एयरपोर्ट नजिक जुवातास खेलिरहेका ९ जनालाई बुधबार सांझ प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय र मातहतको वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले जुवातास खेल्ने र खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ९ जनालाई नगद रू. ९१ हजार ५ सय ३५ र ताससहित पक्राउ गरीएको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एबम प्रहरी नायब उपरिक्षक बिरेन्द्र कुमार पासवानले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार पक्राउ परेकाहरुलाई ७ दिनको म्याद थप गरि अनुसन्धान भैरहेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्धामा ७ दिनको म्याद थप गत्रेरा अनुसन्धान भैरहेको उनले बताए ।
















