काठमाडौँ, सामाजिक संजालमा ‘नेपाली ब्रो’ भनिने कुमार थापालाई प्रहरीले पक्राउ गरेको छ। थापाले आंफ्नी श्रीमती ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरी विभत्स तरिकाले हत्या गरेको घटना सार्बजनिक भएको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा बस्ने उनीहरूबीच घरायसी विवाद भएको र बिबादकै क्रममा उनले श्रीमतीमाथि रड प्रहार गरेका थिए ।
रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ।
श्रीमती हत्याको अभियोग लागेका थापालाई प्रहरीले पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखेको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
थापाले आफूलाई बडिबिल्डर बताउथे भने भुजेल नेपाली सेनामा कार्यरत थिइन्।















