Play

भैरवनृत्यका गुरु कृष्णदेवलाई पत्निशोक तथा सेलवेज डिपार्टमेन्टलका संचालक सुशिल समेतलाई मातृशोक

गुरुकुल खबर


पोखरा, भैरव सांस्कृतिक संरक्षण समितिका पूर्व अध्यक्ष, आध्यात्मिक तथा ब्यबसायिक ब्यक्तित्व कृष्णदेव प्रधानाङगलाई पत्नीशोक परेको छ।पोखराको चर्चित भैरव नृत्यका गुरु समेत रहेका कृष्णदेव प्रधानांगकी धर्मपत्नी बिजया प्रधानाङ्गको हालै काठमाडौँमा निधन भएको हो।

स्व. प्रधानांगको अन्त्येष्टि काठमाडौँको पशुपती आर्यघाटमा गरिएको भएपनि प्रधानांगको परिवार हाल पोखरा -२ भैरवटोल स्थित आंफ्नो निवासमा बसेर आबश्यक कर्महरु गरिरहेको स्थानीय व्यक्तित्व एबम नेपाली काँग्रेस पोखरा महानगरसमितिका सभापति सुरेन्द्रमन बिजुक्छेले गुरुकुल खबरलाई जानकारी दिए ।

स्व बिजया प्रधानांगका तिन छोराहरु सुधीर ,सुशील र सुदीप प्रधानांग रहेको छन। उनीहरुले पोखराबाट शुरु गरेको ब्यबसायिक प्रतिष्ठान सेल्वेज डिपार्टमेन्टल स्टोर हाल पोखरा सहित मुलुकका बिभिन्न स्थानमा बिस्तार भैसकेको छ ।

१९ जेष्ठ २०८३, मंगलवार २३:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा