पोखरा, भैरव सांस्कृतिक संरक्षण समितिका पूर्व अध्यक्ष, आध्यात्मिक तथा ब्यबसायिक ब्यक्तित्व कृष्णदेव प्रधानाङगलाई पत्नीशोक परेको छ।पोखराको चर्चित भैरव नृत्यका गुरु समेत रहेका कृष्णदेव प्रधानांगकी धर्मपत्नी बिजया प्रधानाङ्गको हालै काठमाडौँमा निधन भएको हो।
स्व. प्रधानांगको अन्त्येष्टि काठमाडौँको पशुपती आर्यघाटमा गरिएको भएपनि प्रधानांगको परिवार हाल पोखरा -२ भैरवटोल स्थित आंफ्नो निवासमा बसेर आबश्यक कर्महरु गरिरहेको स्थानीय व्यक्तित्व एबम नेपाली काँग्रेस पोखरा महानगरसमितिका सभापति सुरेन्द्रमन बिजुक्छेले गुरुकुल खबरलाई जानकारी दिए ।
स्व बिजया प्रधानांगका तिन छोराहरु सुधीर ,सुशील र सुदीप प्रधानांग रहेको छन। उनीहरुले पोखराबाट शुरु गरेको ब्यबसायिक प्रतिष्ठान सेल्वेज डिपार्टमेन्टल स्टोर हाल पोखरा सहित मुलुकका बिभिन्न स्थानमा बिस्तार भैसकेको छ । सुदिप प्रधानांग पोखरा उधोग बाणिज्य संघका उपमहासचिब समेत हुन ।














