Play

शिशुवामा युआरएलको स्थापना दिवसमा रक्त परिक्षण शिविर, ६ सय बढीको जांच

गुरुकुल खबर


पोखरा, युआरएल शिशुवा डायग्नोस्टिक सेन्टरको पाँचौ स्थापना दिवस एवं १९ औं गणतन्त्र दिवशको अवसरमा शिशुवामा निशुल्क रक्त परीक्षण सहितको सचेतना कार्यक्रम गरिएको छ । युआरएल फाउन्डेसनले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) मुख्य कार्यालयको प्राविधिक सहयोगमा आयोजना गरेको उक्त कार्यक्रममा ६ सय १ जनाको मधुमेह तथा थाइराइडसम्बन्धी रगत जाँच निशुल्क गरिएको थियो।

कार्यक्रममा वरिष्ठ फिजिसियन डा. प्रकाश भट्टराईले मधुमेह, थाइराइड जस्ता रोगहरु लाग्नुका कारण र निदानका उपायहरुबारे प्रकाश पारेका थिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. प्रदीप भट्टराई र मणिपाल शिक्षण अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. विभा महतोले पनि सहभागीहरुलाई विविध रोगबारे जानकारी गराएका थिए ।

शुक्रबार रगत जाँच गराएकाहरुलाई परामर्शसहित मंगलबार र बुधबार रिपोर्ट वितरण गरिने युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार अन्य जांचमा पनि छुट प्रदान गरिएको थियो ।

युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले स्थापनादेखि नै सामाजिक उत्तरदायित्व वहन गर्ने कुरालाई युआरएलले महत्व दिंदै आएको बताए । उनले भने, “हामीले सेवा र सामाजिक दायित्वलाई सँगसँगै लगेका छौँ । राजधानी बाहिरको पहिलो रेफरेन्स ल्याब युआरएलले गुणस्तरीय सेवालाई  गण्डकी प्रदेशका सबैजसो जिल्लामा पुर्याउने लक्ष्य राखेको छ । युआरएलले हाल गण्डकी प्रदेशका विभिन्न जिल्लामा २४ स्थानबाट सेवा प्रवाह गरिरहेको जनाएको छ ।

युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा आयोजना गरेको यो २२५ औं शिविर हो । पोखरा महानगरको स्वास्थ्य महाशाखासँग सहकार्य गरी पोखराका पाँच स्थानमा शिविर आयोजना गर्ने तयारी भएको युआरएलका सञ्चालक मणि न्यौपानेले बताए ।  कार्यक्रममा शिशुवा अस्पताल संचालक समितिका अध्यक्ष बाबुराम गिरी, लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी लगायतले सहज र सुलभ स्वास्थ्य सेवा पाउने नागरिकको मौलिक हक कार्यान्वयन गर्न राज्यसँगै निजी क्षेत्रको यस खालका प्रयास जरुरी हुने विचार राखे ।

१६ जेष्ठ २०८३, शनिबार १९:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा