Play

बैदेशिक रोजगार ब्यबसायी संघका अध्यक्ष भुवनसिंह समेतलाई पितृशोक

गुरुकुल खबर


पोखरा, नेपाल बैदेशिक रोजगार ब्यबसायी संघका केन्द्रीय अध्यक्ष एबम नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यबसायी संघका केन्द्रीय सल्लाहकार भुवनसिंह गुरुङलाई पितृशोक परेको छ।

नेपाली काँग्रेस कास्की -२ का नेता समेत रहेका भुवनसिंह गुरुङका बुवा जमदार चित्रबहादुर गुरुङको १ सय ३ बर्षको उमेरमा हालै निधन भएको हो ।

पुरानो घर कास्कीको पोखरा महानगरपालिका -२० मौजा भएपनि पछिल्लो समय पोखरा महानगरपालिका -१३ उद्गम टोलमा परिवारसंग बस्दै आएका गुरुङको अघिल्लो साता निधन भएको हो।

‘बुवा १ सय बर्षको उमेरमा पनि पैदल हिंड्नुहुन्थ्यो, स्वास्थ्य अबस्था पनि सामान्य जस्तै थियो तर पछिल्लो समय उमेरकै कारण अलि कमजोर बन्नुभएको थियो।’ कान्छा छोरा भुवनसिंह गुरुङले गुरुकुल खबरसंग भने ।

स्व. गुरुङका तीनजना छोराहरु गणेश बहादुर गुरुङ, धनसिंह गुरुङ र भुवनसिंह गुरुङ साथै एक छोरी प्रेमकुमारी गुरुङ रहेका छन।

स्व. गुरुङको निधन भएपछि श्रद्दान्जली अर्पण गर्न तथा परिवारजनमा समबेदना प्रकट गर्न बैदेशिक रोजगार ब्यबसायीहरु सहित बिभिन्न संघसंस्था संग सम्बद्ध व्यक्तित्वहरु गुरुङको निवासमा पुग्ने क्रम जारी छ ।

नेपाली कांग्रेसका नेता पुर्व महामन्त्री डा. शशांक कोइराला सहित कांग्रेसका केन्द्रीय नेताहरु र कास्की र छिमेकी जिल्लाका नेताहरु समेत पुग्ने क्रम जारी रहेको नेपाली काँग्रेस कास्कीका नेता गिरिराज गौतमले गुरुकुल खबरलाई जानकारी दिए ।

१४ जेष्ठ २०८३, बिहीबार १८:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा