Play

नेपाल-अस्ट्रेलिया उद्योग वाणिज्य संघमा नयाँ समिति, पोखराका माइकल कर्माचार्य सदस्य निर्बाचित

गुरुकुल खबर


पोखरा, नेपाल र अस्ट्रेलियाबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यका स्थापना गरिएको ‘नेपाल अस्ट्रेलिया उद्योग वाणिज्य संघको ३१ औं वार्षिक साधारणसभा एबम अधिबेशनबाट पोखराका युवा ब्यबसायी माइकल कर्माचार्य संघको कार्यसमितिको सदस्यमा चुनिएका छन। पोखरालाई कर्मस्थल बनाएर उधोग बाणिज्य सहित अन्य विभिन्न संघ संस्थामा सक्रिय कर्माचार्य पोखराको प्रतिष्ठित ब्यबसायिक प्रतिष्ठान कर्माचार्य हाउसका निर्दशक समेत हुन।

काठमाडौँमा सम्पन्न साधारणसभाले  संघको अध्यक्षमा अखिलकुमार चापागाईंलाई निर्बाचित गरेको छ। संघको वरिष्ठ उपाध्यक्षमा बिक्रम राई, उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, महासचिवमा माधब गिरी, सचिवमा सुशील कडरिया, अम्बिका शर्मा लामिछाने र कोषाध्यक्षमा शेरबहादुर कुँवर चुनिएका छन् ।

संघको कार्यसमितिका सदस्यहरुमा पोखराका कर्माचार्य सहित अनोज रिमाल, प्रेम पाण्डे, निरज तिमल्सिना, माइकल कर्माचार्य, बिनय उपाध्याय, गोकर्ण लामिछाने, विजयप्रसाद गुप्ता र शैलेन्द्र बुढाथोकी रहेको संघले जनाएको छ ।

साधारण सभाको समारोहमा नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टको सम्मान गरिएको थियो। समारोहमा  नेपाल सरकारका प्रतिनिधि, कूटनीतिक नियोग, व्यावसायिक क्षेत्रका अगुवा, उधोगी ब्यबसायीहरु, संघका सदस्य लगायतको सहभागिता रहेको थियो।

त्यस अबसरमा बोल्दै अध्यक्ष चापागाईंले नेपाल र अस्ट्रेलियाले व्यापार, शिक्षा, पर्यटन, नवप्रवर्तन र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा हुने सहयोगलाई थप बिस्रेतार गर्ने बताए । उनले सहकार्य र पारस्परिक वृद्धिका लागि नयाँ अवसरहरू सिर्जना गर्न अस्ट्रेलियाली दूतावास र सम्बन्धित सरोकारवालाहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उनले विगतका वर्षहरूमा अष्ट्रेलियामा भएका विभिन्न व्यापारिक मेला तथा व्यवसाय प्रबर्द्दनका गतिविधिहरूमा सहभागिता जनाएको स्मरण गर्दै द्विपक्षीय व्यापार, लगानी, पर्यटन, शिक्षा र जनस्तरको सम्बन्धलाई सुदृढ बनाउन संघले निरन्तर प्रयास गरिरहेको जानकारी गराए।

११ जेष्ठ २०८३, सोमबार ०८:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा