पोखरा, पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजारमा यहिमिति जेष्ठ ७ गते दिउँसो दुईजना युवाहरुबीच एक आपसमा झगडा गरेको भिडियो सामाजिक सञ्जाल मार्फत चर्चामा आएपछि प्रहरीले जेष्ठ ८ गते शुक्रबार चारजनालाई नियन्त्रणमा लिएको जनाएको छ
कास्की जिल्ल प्रहरी कार्यालयका अनुसार वडा प्रहरी कार्यालय बैदामको टोलीले झैझगडामा संलग्न भएको भन्दै उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान अगाडी बढाएको हो

पोखराको पृथ्वीचोकबाट नियन्त्रणमा लिईएकाहरु सवारी साधनमा हेल्परको काम गर्ने गरेको र खाजा खाने बिषयमा बिबाद भएपछि कुटाकुट भएको बताइएको छ प्रहरीले पक्राउ गरेकाहरुमा तनहुँको भानु नगरपालिका- १२ घर भएको बर्ष ३२ को बिजय अधिकारी, धादिङको त्रिपुरासुन्धरी नगरपालिका- २ घर भएको बर्ष २२ को राजकुमार परियार रहेका छन
यसैगरी स्याङ्जाको पुतलिबजार -२ घर भएको बर्ष २४ को सुजन परियार र कास्कीको पोखरा १३ मियापाटन घर भएको बर्ष २३ को निरज आले मगर पनि पक्राउ परेको कास्की प्रहरीले जनाएको छ














