Play

पोखराको जिएमसीमा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु, ग्यास्ट्रो उपचार आधुनिक बन्दै

गुरुकुल खबर


पोखरा, गण्डकी मेडिकल कलेज (जिएमसी) ले बिनाअपरेशन पित्त नलीको ढुंगा निकाल्ने इआरसीपी सेवा सुरु गरेको छ । डा. शंकर बरालको नेतृत्वमा पेट तथा कलेजो रोग विशेषज्ञ टोलीले शुरु गरेको उक्त प्रबिधि अन्तर्गत पेट नचिरिकन मुखबाट ड्युडेनोस्कोपी मार्फत पित्त नली र प्यानक्रियाज नलीका समस्या समाधान गर्ने सकिन्छ यसलाई आधुनिक उपचार प्रविधिको रुपमा पनि लिईएको छ ।

डा. बरालका अनुसार इआरसीपी सेवाले जन्डिस भएका बिरामी, पित्त नली र प्यानक्रियाज क्यान्सरका बिरामी, साथै पित्त नली साँघुरिएको कारण समस्यामा परेकाबिरामीलाई सहज र प्रभावकारी उपचार उपलब्ध गराउँछ। यो प्रबिधिबाट उपचार गर्दा बिगतमा जस्तो ठूलो शल्यक्रियाको आवश्यकता नपर्ने भएकोले  बिरामीलाई आराम मिल्ने र स्वास्थ्यमा छिटो सुधार आउन सक्नेछ ।

इआरसीपी सेवा सुरु भएसँगै ग्यास्ट्रो विभागले अन्य नयाँ उपचार सेवा पनि सञ्चालनमा ल्याएको छ । ती सेवामा एपिसी (APC), इसोफेजियल कार्सिनोमाका बिरामीका लागि मेटालिक स्टेन्टिङ, नली साँघुरो भएको ठाउँ खोल्ने बेलुन डाइलेटेसन, र पेटमा खाना खुवाउने नली राख्ने पेग ट्युब प्लेसमेन्ट समावेश छन् ।

यसैगरी, पोलिपेक्टोमी र भेरिसेसका लागि ग्लु इन्जेक्सन सेवा पनि अस्पतालमा शुरु भएको छ । जिएमसीका सिइओ डा.रविन्द्र श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट डा.टुमाया घलेका अनुसार अस्पतालले शुरु गरेका यी सेवाहरूको कारण गण्डकी प्रदेशभरका पेट, आन्द्रा, प्यानक्रियाज र कलेजोका बिरामीले आधुनिक र सहज उपचार सुविधा पाउनसक्ने बिश्वास गरिएको छ।

‘अब बिरामीहरूले उपचारको लागि पोखरा बाहिर जानुपर्ने आवश्यकता छैन र गण्डकी प्रदेशमै उच्चस्तरीय सेवाहरू उपलब्ध हुनेछ’ डा. श्रेष्ठले गुरुकुल खबरसंग भने। जिएमसीको यो नयाँ पहलले स्वास्थ्य क्षेत्रलाई थप आधुनिक बनाउँदै प्रदेशभरका बिरामीहरूको जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ । जीएमसीमा उपलब्ध इआरसीपी लगायतका सेवा सरकारको स्वास्थ्य बीमा कार्यक्रम र भारतीय पेन्सनर अन्तरगत इसीएचएसमा पनि उपलब्ध रहेको अस्पतालमा कार्यरत कृष्णप्रसाद पौडेलले जानकारी दिए  ।

७ जेष्ठ २०८३, बिहीबार १९:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा