Play

अस्पताल र युवा अपांग संघलाई मुक्तिनाथ विकास बैंकद्वारा बिसवटा व्हिलचियर सहयोग

गुरुकुल खबर


पोखरा, मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न संघ संस्थालाई ह्वीलचेयर हस्तान्तरण गरेको जनाएको छ स्वास्थ्य सेवालाई सहज बनाउन र समावेशितालाई प्रबर्द्दन भन्दै बैंकले सुदूरपश्चिमको धनगढीमा रहेको सेती प्रादेशिक अस्पताललाई १० थान ह्वीलचेयर उपलब्ध गराएको छ।

अस्पतालमा उपचारका लागि आउने बिरामी, ज्येष्ठ नागरिक र हिँडडुलमा समस्या भएका सेवाग्राहीलाई अस्पताल परिसरभित्र आउजाउ गर्न सहज र सुरक्षित होस् भन्ने उद्देश्यले यो सहयोग गरिएको बैंकले जनाएको छ ।

बैंकले स्वास्थ्य क्षेत्रमा मात्र नभई अपांगता भएका व्यक्तिहरूको हकहितका लागि पनि सहयोग गरेको जनाएको छ । यसै क्रममा गोकर्णेश्वरमा रहेको युवा अपांग संगठन नेपाललाई पनि १० थान ह्वीलचेयर प्रदान गरिएको छ । फरक क्षमता भएका व्यक्तिहरूलाई आवश्यक परेको समयमा सहयोग पुगोस् र उनीहरूको जीवनयापन मर्यादित बनोस भन्ने भावनाका साथ बैंकले उक्त सहयोग गरेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले गुरुकुल खबरलाई जानकारी दिए

उनले विश्वव्यापी दिगो विकास लक्ष्य अन्तर्गतका गुड हेल्थ एन्ड वेल बिइङ र रिड्यूस्ड इनइक्वालिटी जस्ता बुँदालाई सघाउन बैंकको सहयोग उपलब्धिमुलक हुने बिश्वास व्यक्त गरे । ‘हामीले स्वास्थ्य र समावेशितालाई प्राथमिकतामा राखेर यो सहयोग गरेका हौँ, यसले लक्षित वर्गको दैनिक जीवनमा केही न केही सहजता ल्याउने हाम्रो अपेक्षा छ,’ उनले भने ।

मुक्तिनाथ विकास बैंकले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र समुदायको जीवनस्तर उकास्ने खालका सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने बताएको छ । बैंकले दिगो विकासका लागि स्थानीय समुदायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको बैंकका प्रमुख सूचना अधिकारी गुरुङले जानकारी दिए ।

६ जेष्ठ २०८३, बुधबार २०:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा