Play

गण्डकी प्रदेश कांग्रेस संसदीय दलको सचेतकमा टिकाकुमारी बस्याल नियुक्त

गुरुकुल खबर


पोखरा, लामो समयको प्रतिक्षा र आलोचनापछि नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सभा सदस्य टीकाकुमारी बस्याललाई सोमबार दलको सचेतकमा नियुक्त गरेका छन।

दलको विधान २०७४ को धारा ११ को उपधारा २ बमोजिम लमजुंगबाट समानुपातिक तर्फबाट प्रदेश सांसद बनेकी बस्याललाई सचेतकमा मनोनयन गरिएको हो ।  सचेतकमा नियुक्त बस्याल लम्जुंगबाट नेपाली कांग्रेसको महाधिबेशन प्रतिनिधि समेत हुन्।

कांग्रेस संसदीय दलका नेता एबम मुख्यमन्त्री पाण्डेले महिला र दलितहरुलाई त्यति ठाउँ नदिएको भन्दै आलोचना समेत शुरु भएको थियो। सचेतक र प्रमुख सचेतक मध्ये एक जना महिला राख्न उपयुक्त हुने बताइएको भएपनि उनले यस अगाडी गोरखाका नन्द र कास्कीका प्रकाशलाई अर्थात दुवै जना पुरुष र एकै समुदायका मानिसहरुलाई नियुक्ति दिएको भन्दै संसदीय दलभित्रआन्तरिक रुपमा आलोचना बढेको थियो।

यसअघि सचेतक रहेका कास्कीका प्रदेश सांसद प्रकाश बराल प्रमुख सचेतकमा नियुक्त भएपछि सचेतक पद केहि समयदेखि रिक्त रहेको थियो । बराल भन्दा अगाडी प्रमुख सचेतक रहेका पाण्डेको गृहजिल्ला गोरखाका नन्दप्रसाद न्यौपानेलाई पाण्डेले मन्त्री बनाएका छन ।

गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहेको कांग्रेसले संसदीय गतिविधिलाई प्रभावकारी बनाउन बस्याललाई सचेतकको जिम्मेवारी दिएको हो। सचेतकले संसदीय दलभित्र समन्वय, बैठक व्यवस्थापन तथा दलका सांसदलाई पार्टी निर्णयअनुसार परिचालन गर्ने जिम्मेवारी निर्वाह गर्ने व्यवस्था रहेको छ।

४ जेष्ठ २०८३, सोमबार २२:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा