पोखरा, नेपाल बिधार्थी संघका पुर्व केन्द्रीय सदस्य ई. यमकृष्ण पौडेललाई पितृशोक परेको छ। यमकृष्णका बुवा मातृका पौडेलको ८२ बर्षको उमेरमा अघिल्लो साता निधन भएको हो। केहि समय अगाडी स्वास्थ्यमा केहि समस्या देखिएको भएपनि पछिल्लो समय उनको स्वास्थ्य अबस्था सामान्य रहेकै बेला अचानक निधन हुन पुगेको स्व. मातृकाकी धर्मपत्नी समेत रहेकी नेपाली काँग्रेसकी क्षेत्रिय प्रतिनिधि उजेली पाध्या पौडेलले गुरुकुल खबरलाई जानकारी दिईन। स्व. पौडेल पनि नेपाली काँग्रेसका क्रियाशील सदस्य रहेको बुझिएको छ ।
स्व. पौडेलकी श्रीमती उजेली र दुई छोराहरु यमकृष्ण र बालकृष्णको साथै दुई छोरीहरु इन्दिरा सुबेदी र सिमा तिमिल्सिना रहेका छन । छोरा यमकृष्ण काठमाडौँमा बस्दै आएको छन भने बालकृष्ण कोरियामा बस्दै आएको छन। कास्कीको अन्नपुर्ण गाउँपालिका सल्यानका स्थायी बासिन्दा भएपनि पछिल्लो समय पौडेल परिवार पोखराको अमरसिंह चोक नजिक घरमा बस्दै आएको छ।
यसैबीच स्व. पौडेलको निधन भएकोमा उनि प्रति श्रद्दन्जली प्रकट गर्न र पौडेल परिवारमा समबेदना प्रकट गर्न नेपाली काँग्रेसका बिभिन्न तहका नेता कार्यकर्ताहरु पुग्ने क्रम जारी छ। यसैक्रममा बुधबार नेपाली काँग्रेस कास्की क्षेत्र न.३ को टोलि पौडेलको निवास पुगेर स्व. पौडेलप्रति श्रद्दान्जली र परिवारमा समबेदना प्रकट गरेको थियो ।
टोलीमा पार्टीका पुर्व केन्द्रिय सदस्य शारदा पौडेल, क्षेत्रिय सभापति मनोज गुरुङ, महाधिबेशन प्रतिनिधि आशबहादुर गुरुङ, महिला संघ कास्कीका पुर्व सभापति मिना गुरुङ, नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष राजु क्षत्री, पार्टीका क्षेत्रिय सचिब मेखबहादुर तामांग, सहसचिब शितल अधिकारी, कोषाध्यक्ष खेमलाल पहारी, तरुण दलका पुर्व केन्दीय सदस्य भरतजंग कुँवर, वडा सदस्य भीमकुमारी आले लगायत रहेको क्षेत्रिय सदस्य सुक गुरुंगले गुरुकुल खबरलाई जानकारी दिए।















