Play

४ लाख ४ हजार नगद, तास र कौडासहित १७ जना जुवाडे पक्राउ

गुरुकुल खबर


पोखरा, काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. १० मनमैजुको एक घरमा डेरा गरी बस्ने धादिंगको रुवी भ्याली गाउँपालिका वडा नं. ६ घर भएको ३५ बर्षीय प्रेम तामाङको कोठाबाट प्रहरीले ४ लाख ४ हजार रुपैया नगद सहित १७ जनालाई जुवा खेल्दै गरेको अबस्थामा पक्राउ गरेको जनाएको छ। प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले ७ बुक तास र १७ वटा कौडा सहित उनीहरुलाई नियन्त्रणमा लिएको बुझिएको छ। पक्राउ परेका हरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ६ दिनको म्याद थप गरेर थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरिक्षक कौशल कुमार बुढाथोकीले गुरुकुल खबरलाई जानकारी दिएका छन ।

पक्राउ पर्नेहरुमा जिल्ला ललितपुर, महालक्ष्मी नगरपालिका ५ टिकाथली बस्ने वर्ष ४५ को भोला खत्री, जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १९ एटखाटोल बस्ने वर्ष ६२ को अच्युत जोशी, जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १३ टंकेश्वर बस्ने वर्ष ५२ को दिपेश खड्की,  जिल्ला काठमाडौं, बुढानिलकण्ठ नगरपालिका २ तौलुङ बस्ने वर्ष ४८ को दिलिप लामा, जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ६ बौद्ध टुसाल बस्ने वर्ष ६९ को पेम्बा लामा, जिल्ला काभ्रे पलान्चोक, धुलिखेल न.पा. १० घर भइ काठमाडौँ- १६ सोह्रखुट्टे बस्ने वर्ष ३९ को प्रेम बहादुर लामा रहेका छन।

यसैगरी जिल्ला धादिङ, रुवी भ्याली गाउँपालिका ६ घर भइ जिल्ला काठमाडौं, तारकेश्वर न.पा. ९ मनमैजु बस्ने वर्ष ३५ को प्रेम तामाङ, जिल्ला ललितपुर, महालक्ष्मी नगरपालिका ५ टिकाथली बस्ने वर्ष ४९ को पुरुषोत्तम थापा,  जिल्ला नुवाकोट, लिखु गाउँपालिका ४ चौघडा घर भइ ऐ. बस्ने वर्ष ३३ को राजन प्याकुरेल, जिल्ला नुवाकोट, बिदुर नगरपालिका ६ मुलथला बस्ने वर्ष ४२ को श्याम कृष्ण चालिसे, जिल्ला काभ्रेपलान्चोक, रोशी गा.पा. २ पुरानोगाउँ घर भइ काठमाडौँ १५ स्वयम्भू बस्ने वर्ष ४९ को सोमराज लामा, जिल्ला काभ्रेपलान्चोक, धुलिखेल नगरपालिका १० धुलिखेल बस्ने वर्ष ३६ को बुद्ध लामा,  जिल्ला काभ्रेपलान्चोक, मण्डनदेउपुर न.पा. ८ घर भइ गोकर्णेश्वर न.पा. ६ बस्ने वर्ष ४८ को केशब प्रसाद नेपाल पनि पक्राउ परेका छन ।

यसैगरी काभ्रेको गोकर्णेश्वर- १२ रामपुर घर भइ काठमाडौँ २६ म्हैपी बस्ने वर्ष ४३ को राम शंकर पराजुली, सोहि नगरपालिकाको नयाँगाउँ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १५ स्वयम्भू बस्ने वर्ष ४० को शंखबज्र लामा, जिल्ला काभ्रेपलान्चोक, तेमाल गा.पा. ८ घर भइ का.जि., गोकर्णेश्वर न.पा. ८ माकलवारी बस्ने वर्ष ४४ को धर्म सिंह तामाङ र जिल्ला दोलखा, दोरम्बा गाउँपालिका २ घर भइ काठमाडौँको तारकेश्वर – ९ मनमैजु बस्ने वर्ष ३५ को श्यामहरी श्रेष्ठ पनि पक्राउ परेको प्रहरीले जनाएको छ।

२९ बैशाख २०८३, मंगलवार २१:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा